images
images

चलचित्र ‘११ः५५’ को गीत ‘रोक्ने छैन’ सार्वजनिक

चलचित्र ‘११ः५५’ को गीत ‘रोक्ने छैन’ सार्वजनिक

शुक्रवार, फागुन ९ २०८१
शुक्रवार, फागुन ९ २०८१
  • images
    images
    चलचित्र ‘११ः५५’ को गीत ‘रोक्ने छैन’ सार्वजनिक
    images
    images

    काठमाडौँ / केशव पाण्डेको डेव्यु निर्देशनमा निर्माण भएको चलचित्र ११ः५५ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक सिनेमाको पहिलो गीत ‘रोक्ने छैन’मा अल्मोडा राणा उप्रेतीको शब्द, संगीत र स्वर रहेको छ । सुमन परियारको पनि स्वर रहेको गीतालाई अल्मोडा आफैँले एरेञ्ज गरेका हुन् । 

    कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू सृष्टि श्रेष्ठ, महेश त्रिपाठी, करिष्मा श्रेष्ठ र डेव्यु अभिनेता सागर खनाल फिचर्ड छन् । 

    गीतको अडियो तथा भिडियोले दर्शकको मन जित्ने देखिन्छ । केही दिन अघि सार्वजनिक टिजरले दर्शकमाझ राम्रो छाप छोडेकाले आज सार्वजनिक गीतले पनि दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास निर्माण टिमको छ ।

    सिनेमाका मुख्य कलाकारहरू एमएस अग्रज, बुद्धि तामाङ, विशाल पहारीको पनि अभिनय रहेको छ । क्राइम थ्रिलर जनरामा निर्माण भएको सिनेमाको लेखनमा डेव्यु निर्देशक पाण्डेसँगै एमएस अग्रज र शेखर ज्ञवालीले साथ दिएका छन् ।

    अलल्मोडा राना उप्रेतीको संगीत, देव महर्जनको द्वन्द्व निर्देशन, राजेन्द्र मोक्तानको कलर, शैलेश श्रेष्ठको साउण्ड डिजाइन तथा मिक्सिङ, प्रद्युमन मिश्रको डिओपी, रामशरण उप्रेतीको सिनेमाटोग्राफी, पासाङ दावा शेर्पाको सम्पादन र सुवास राज काफ्ले सिनेमामा प्रोडक्सन डिजाइनरको रूपमा रहेका छन् ।

    बिचित्र फिल्मस् र गुड जब आट्र्सको व्यानरमा निर्माण भएको सिनेमामा श्याम शर्मा र सरोजा शर्माको लगानी छ । सिनेमाका कार्यकारी निर्माता एमएस अग्रज हुन् । सिनेमालाई कुवेर सिने डिष्ट्रीब्युसन प्रालिले वितरण गर्नेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार