images
images

महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’

महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’

बिहिवार, फागुन ८ २०८१
बिहिवार, फागुन ८ २०८१
  • images
    images
    महावीर पुनलाई ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’
    images
    images

    बागलुङ / वैज्ञानिक एवं राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनलाई रु ५० हजार राशिको ‘रत्न–श्रेष्ठ राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ ।

    ‘रत्न–श्रेष्ठ पुरस्कार गुठी’ बागलुङद्वारा आज आयोजित पुरस्कार समर्पण समारोहमा गुठीका संस्थापक संरक्षक प्रेम छोटाले पुनको अनुपस्थितिमा केन्द्रका प्रतिनिधि इन्द्र वलीलाई नगदसहित, दोसल्ला र सम्मानपत्र प्रदान गरे ।

    केन्द्रद्वारा प्रकाशित पुनको पुस्तक ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’का लागि पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । 

    राष्ट्रिय आविष्कार केन्द्रको स्थापना, रोजगारी सिर्जना, नवप्रवर्तनका क्षेत्रमा गरेका अनुकरणीय कामले उनी परिचित छन् । त्यसैगरी यस वर्षको ‘धवलागिरि प्रतिभा पुरस्कार’ साहित्यकार जगन्नाथप्रसाद लम्साललाई प्रदान गरिएको छ । 

    उनको काव्यकृति ‘सहधर्मिणी’का लागि उक्त पुरस्कार प्रदान गरिएको गुठीले जनाएको छ । उक्त पुरस्कारको राशि रु १५ हजार रहेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार