images
images

‘सानिमा फ्लेक्सी फण्ड’को इकाइ खरिदका लागि आजदेखि आवेदन दिन सकिने

‘सानिमा फ्लेक्सी फण्ड’को इकाइ खरिदका लागि आजदेखि आवेदन दिन सकिने

मंगलवार, फागुन ६ २०८१
मंगलवार, फागुन ६ २०८१
  • images
    images
    ‘सानिमा फ्लेक्सी फण्ड’को इकाइ खरिदका लागि आजदेखि आवेदन दिन सकिने
    images
    images

    काठमाडौँ / सानिमा क्यापिटलले आज (मंगलबार)देखि सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्ड जारी गरेको छ । कुल आकार १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ बराबरको सानिमा फ्लेक्सी फण्ड कोष प्रबर्द्धक सानिमा बैंक लिमिटेड रहेको छ । 

    क्यापिटलले कुल इकाइको ४० प्रतिशत अर्थात ४० करोड रुपैयाँ बराबरको ४ करोड इकाइ क्यापिटलले प्रथम चरणमा सार्वजनिक रूपमा बिक्री खुल्ला गर्न लागेको हो । 

    उक्त ४ करोड इकाइमध्ये १ करोड ३० लाख इकाइ कोष प्रबर्द्धक सानिमा बैंकलाई र २० लाख इकाइ सानिमा क्यापिटललाई सुरक्षित गरिएको छ। 

    लगानीकर्ताहरूले बाँकी २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी प्रकृतिको योजना हो। 

    ‘सानिमा फ्लेक्सी फण्ड’ सर्वसाधारणहरूका लागि फागुन ६ देखि छिटोमा फागुन ११ र ढिलोमा फागुन २० गतेसम्म इकाइ बिक्री खुला हुनेछ । 

    इच्छुक लगानीकर्ताहरूले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. ४ करोडसम्म लगानीका लागि आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगइन गरी अनलाइन आवेदन गर्न सक्नेछन् ।

    फण्डको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ। 

    उक्त फण्डको इकाइमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

    यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणाली मार्फत पनि आवेदन दिन सक्नेछन्।

    म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ। 

    यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ। कम्पनीले उक्त इकाई सार्वजनिक निष्काशनका लागि माघ २ गते नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबन)बाट अनुमति पाएको थियो ।

    सञ्चालनमा रहेको नेपालको पूँजी बजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक सानिमा क्यापिटलको व्यवस्थापकत्वमा सानिमा म्युचुअल फण्डअन्तर्गत यसअघि नै तीन वटा बन्दमुखी योजनाहरू समेत सञ्चालनमा रहेको छ । 

    जसमध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भइसकेको र इकाइधनीहरूलाई लगानी रकम फिर्ता गर्ने चरणमा रहेकोमा उक्त योजनाको अवधिभरमा कुल बार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरिएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार