काठमाडौँ / नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ ।अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३१ पैसा, युरोपियन युरो एकको खरिददर १४५ रुपैयाँ ४० पैसा र बिक्रीदर १४६ रुपैयाँ तीन पैसा निर्धारण गरिएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७५ रुपैयाँ ५१ पैसा कायम गरिएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १५३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५४ रुपैयाँ ६६ पैसा तय गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ १४ पैसा र बिक्रीदर ९ रुपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ३७ रुपैयाँ १४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ पाँच पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४ रुपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्री दर ३१ रुपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ६१ पैसा र बिक्रीदर ९ रुपैयाँ ६५ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १३ रुपैयाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४९ पैसा र बिक्री दर १९ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४५१ रुपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६३ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ २८ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंककले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।