images
images

एनएमबि हाईब्रिड फण्ड एल - २ को इकाइ खरिदका लागि आवेदन दिने भोलि अन्तिम दिन

एनएमबि हाईब्रिड फण्ड एल - २ को इकाइ खरिदका लागि आवेदन दिने भोलि अन्तिम दिन

बुधवार, फागुन ७ २०८१
बुधवार, फागुन ७ २०८१
  • images
    images
    एनएमबि हाईब्रिड फण्ड एल - २ को इकाइ खरिदका लागि आवेदन दिने भोलि अन्तिम दिन
    images
    images

    काठमाडौँ / एनएमबि क्यापिटलको सामूहिक लगानी कोष एमएबि हाइब्रिड फण्ड एल २ खरिदका लागि भोलि बिहीबारसम्म आवेदन दिन सकिन्छ । क्यापिटलले माघ २४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एमएबि हाईब्रिड फण्ड एल २ को इकाइ खरिदका लागि आवेदन दिने भोलि अर्थात फागुन  ८ गते अन्तिम दिन हो । 

    क्यापिटलले प्रतिइकाइ १० रुपैयाँ अङ्कित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाइ बिक्रीमा ल्याएको हो । एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनएमबि हाइब्रिड फण्ड एल २ दश वर्षे बन्दमुखी योजना हो ।

    साथसाथै, यो योजना हाइब्रिड प्रकृतिको भएकाले सामान्यतया इक्विटी फण्डभन्दा तुलानात्मक रुपामा कम जोखिम हुने गर्दछ । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाइसम्म अर्थात प्रतिइकाई रु १० का दरले रु १ हजार देखि रु १२ करोड सम्मको आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

    फण्डले १४ प्रतिशत अर्थात् १ करोड ६८ लाख इकाई कोष प्रवर्धक कम्पनी एनएमबि बैंकलाई र १ प्रतिशत अर्थात १२ लाख इकाई योजना व्यवस्थापकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरेको हो । 

    फण्डको कुल १२ करोड इकाइमध्य कोष प्रवर्धक र योजना व्यवस्थापकले सम्पूर्ण बीज पूँजी बराबरको १ करोड ८० लाख इकाइ र ५८,४४० सर्बसाधारण/संस्थागत लगानीकर्ताहरूबाट १० करोड १५ लाख इकाईको लागि आवेदन प्राप्त भएको छ । 

    म्युचुअल फण्ड निष्काशनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रबद्र्धकलाई इक्रा एनपि–आइआर माइनस ए रेटिङ् प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्राएनपि एएमसी क्वालिटी २ रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा उच्च विश्वास रहेको संकेत गर्दछ ।

    उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको ‘मेरो शेयर’ मार्फत अनलाइन आवेदन दिन सकिने छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार