काठमाडौँ / फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले १३ निर्णय गरेको छ । सरकारले सार्वजनिक खर्च पुनरावलोकन आयोग, २०७५ : उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ र एउटै प्रकृतिको कामका लागि स्थापना भएका अलग-अलग संरचना गाभ्ने, खारेज गर्ने वा हस्तान्तरण गर्नेसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ ले सिफारिस गरेका सुझावहरूको कार्यान्वयनको लागि कार्यदल गठन गर्ने भएको छ ।
यसका लागि सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सुझाव कार्यान्वयन उच्चस्तरीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
यसैगरी, नेपाल खानेपानी संस्थानको महाप्रबन्धक पदमा अर्जुनबावु ढकाल, (गोरखा)लाई नियुक्त गरेको छ । यसैगरी, मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र केसीको राजीनामा स्वीकृत गरेको छ ।
संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको ५८ औँ नियमित सवअन्तर्गत २०८१ फागुन १२ गतेदेखि १४ गतेसम्म स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने High Level Segment मा सहभागी हुन परराष्ट्र मन्त्री डा. आरजु राणाको भ्रमण स्वीकृत गरेको छ ।
नेपाल सरकारका नाममा दर्ता रहेको सरकारी जग्गा प्रसुती गृह निर्माण, स्वास्थ्य चौकी भवन निर्माण, वडा कार्यालय भवन निर्माण र आयुर्वेद औषधालय भवन निर्माणका लागि मायादेवी गाउँपालिका, रुपन्देहीलाई उपयोग गर्न सरकारले स्वीकृत दिएको छ ।
विस्तृतमा हेर्नुस्