images
images

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने

मंगलवार, फागुन ६ २०८१
मंगलवार, फागुन ६ २०८१
  • images
    images
    आजको मौसम : आंशिकदेखि साधारणतया बदली रहने
    images
    images

    काठमाडौँ / मंगलबार कोशी, मधेश, बागमती  र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरू तथा बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    बिहानीपख तराईका थोरै भूभागहरूमा हुस्सु÷कुहिरो लाग्ने हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार