images
images

सरकारको केही गर्ने हुत्ति छैन : झलनाथ खनाल

सरकारको केही गर्ने हुत्ति छैन : झलनाथ खनाल

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • images
    images
    सरकारको केही गर्ने हुत्ति छैन : झलनाथ खनाल
    images
    images

    काठमाडौँ / नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले सरकारसँग ऐन विधिपूर्वक ल्याएर पास गर्नसक्ने हुति नभएको बताएका छन् । 

    आइतवार समाजवादी प्रेस संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले दुई पार्टीको सरकार भएपनि देशमा स्थिरता नभएको बताएका हुन् । 

    उनले भने, “दुई पार्टीको सरकार छ तर देशमा स्थिरता छैन् । एउटा ऐन विधिपूर्वक ल्याएर पास गर्न सक्ने हुत्ति सरकारसँग छैन । अध्यादेश ल्याउने त्यो पनि पास हुन्छ कि हुँदैन, हुने सम्भावना देख्दिन । फेल भयो भने यो सरकार के गर्छ ।”

    उनले बहुदलीय समाजवाद भन्नु भन्दा मात्र भएको बताए ।

    “हामी अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नया युगमा छौं । अब प्राप्त गर्न बाँकी समाजवाद हो । अहिले कसैले बहुदलीय समाजवाद भन्छन् त्यो भन्ने मात्र हो,” नेता खनालले भने, “त्यो बैज्ञानिक समाजवाद होइन । कसैले प्रजातान्त्रिक समाजवाद भन्छन् यो पनि अन्तर्राष्ट्रिय पुँजीवादले निकालेको फण्डा हो ।”

    उनले सही वैचारिक राजनीतिक कार्यदिशा बनाउन नसके अप्ठेरोमा पर्ने पनि बताए । भेलालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा नयाँ पूनर्जागरणको बेला भएको बताएका छन् । उनले देशको जुन परिस्थिति छ गणतन्त्रको पनि त्यस्तै अवस्था रहेको बताए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार