images
images

शनिबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ?

शनिबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ?

शनिवार, फागुन ३ २०८१
शनिवार, फागुन ३ २०८१
  • images
    images
    शनिबारको राशिफल : आज तपाईँको दिन कति शुभ कति अशुभ ?
    images
    images

    आज विक्रम संवत २०८१ साल फाल्गुन, ३ गते, शनिबार । ईश्वी सन् २०२५ फेव्रुवरी १५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–तृतीया, ३९ घडी ५३ पला, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त चतुर्थी । उत्तराफाल्गुनी नक्षत्र, ४५ घडी १५ पला, रातको १२ बजेर ५० मिनेट उप्रान्त हस्त । सुकर्मा योग, १  घडी २३ पला, बिहान ७ बजेर १७ मिनेट उप्रान्त धृती । वणिज करण, बिहान ९ बजेर ४९ मिनेट उप्रान्त भद्रा, बेलुकी १० बजेर ४१ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–कन्या । आज राशिफलको आधारमा तपाईँको समय कस्तो चल्दैछ ? 

    मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
    प्रशासनिक क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । निजी कार्यमा दौडधुप धेरै गर्नुपर्ला। लामो समयदेखि रोकिएको काम बन्ने समय छ । निर्माण, खाद्यान्न तथा गरगहनाको व्यापारमा फाइदा मिल्ने समय छ । उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ। मेहनत गर्दा आँटेको काम सफल हुनसक्छ । 

    बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
    कार्यक्षेत्रमा सहयोगीहरूको साथ मिल्नेछ। प्रयत्न गर्दा आँटेको काम सम्पादन गर्न सकिनेछ । अवसरको प्रयोग गर्दा आम्दानी वृद्धि गर्न सकिनेछ । आर्थिक क्षेत्रमा देखिएको संकट समाधान गर्न सकिनेछ । भौतिक सुविधाको उपयोग गर्न सकिनेछ । पशुपालन र कृषि क्षेत्रमा समेत फाइदा मिल्नेछ । 

    मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
    व्यापार व्यवसायमा आफन्तको सहयोग मिल्नेछ । बुद्धिको उपयोगले कार्य सम्पादनमा सहयोग पुग्नेछ । दिगो फाइदा हुने काम सुरु गर्ने समय छ । चुनौती पन्छाउदै काम बनाउन सकिनेछ। व्यापार, सवारी सधान, निर्माण, कृषिकर्म तथा पशुधनबाट मनग्य लाभ उठाउन सकिनेछ । 


    कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
    प्रयास गर्दा नयाँ नोकरी प्राप्त गर्न सकिनेछ । लामो समयदेखि रोकिएको धन फिर्ता हुने समय छ । उद्योेग र खाद्यान्नको क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । यात्रा उपलब्धिमूलक हुनसक्छ । कमजोरीबाट फाइदा लिनेहरू सक्रिय भए पनि सावधानीपूर्वक काम गर्दा उपलब्धि जोगाउन सकिनेछ । 

    सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) 
    लामो समयदेखि रोकिएका कार्यहरू सम्पादन हुनेछन्। साझेदारीमा गरिएको व्यापार व्यवसायबाट फाइदा लिन सकिनेछ । धेरैको उपकार गर्न सकिनेछ। बोलीको प्रभावले आर्थिक क्रियाकलाप फाइदा पुग्नेछ।व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ। खोज तथा अनुसन्धानमा सफलता मिल्नेछ । 

    कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
    नयाँ कामको अवसर आउनेछ । व्यापारमा फाइदा हुनेछ। प्रतिस्पर्धामा सफल भइनेछ । व्यापार व्यवसायमा अपेक्षित लाभ लिन सकिनेछ । पहिले गरेका कामले नयाँ काम गर्न हौसला थप्नेछ । कार्यक्षेत्रमा विशिष्ट व्यक्तिहरूको सहयोग मिल्नेछ । अधिकार प्राप्तिको लागि भने आज केही सङ्घर्ष गर्नुपर्ला । 

    तुला (रा,रि,रु,रे,रो,ता,थि,तु,ते)
    व्यापार व्यवसायमा लगानी बढाउने समयछ । वैदेशिक यात्राको योग छ । आम्दानीको स्रोत कमजोर हुनेछ भने खर्च पनि बढ्नेछ । जसले आर्थिक संकटको अवस्था सिर्जना हुनसक्छ । अनावश्यक खर्च गर्नुहोला । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अपेक्षित नतिजा तत्काल प्राप्त नहुनसक्छ । 

    बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
    व्यापार व्यवसायमा लामो समयदेखि रोकिएको काम सम्पादन हुनेछ । अवसरको सदुपयोग गर्न नसक्दा अपेक्षित उपलब्धि प्राप्त नहुनसक्छ । खर्च बढ्ने समयछ ।  दोहोर्याएर गर्दा रोकिएको काम बन्न सक्छ। मेहनत गर्दा नाम र दाम कमाउन सकिनेछ । प्रतिस्पर्धामा सफल भइनेछ । 

    धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे)
    आर्थिक पक्ष सबल रहनेछ । प्रतिस्पर्धामा सफल भइनेछ । चुनौतिपूर्ण काम गर्दाउ कठिन कार्य पनि सम्पादन गर्न सकिन्छ । धेरै लगानी गर्दा थोरै फाइदा हुनेछ। महेनत गर्दा केही मात्रामा सफलता मिल्नेछ । प्रतिष्ठित व्यक्तिको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ । महेनत गर्दा व्यापार व्यवसायबाट फाइदा लिन सकिनेछ ।
     
    मकर (भो,जा,जी,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) 
    थोरै मेहनत गर्दा पनि काम बन्ने समय छ । व्यापार व्यवसायमा फाइदा लिन सकिनेछ । विशिष्ट व्यक्तिको सहयोगले प्रतिष्ठित काम गर्ने समय छ । अरुलाई प्रभावित पारेर नाम र दाम कमाउने बेला छ। व्यापार व्यवसाय फस्टाउने समयछ । नयाँ व्यवसायमा लगानी गर्ने वातावरण बन्नेछ । 
     
    कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
    रोजगारीको अवसर मिल्नेछ । साझेदारीमा गरिएको व्यापारमा नयाँ योजना बन्ने समय छ । प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। आर्थिक मुद्दाहरू थप जटिल हुनसक्छ। नसोचेको धन तथा सम्पत्तिको उपयोग गर्न सकिनेछ । सामान्य कामको लागि दौडधुप गर्नुपर्ला । अपेक्षित नतिजा प्राप्त गर्न कठिन समय छ । 

    मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची)
    वैदेशिक रोजगारीबाट फाइदा लिन सकिने समय छ । उद्योग तथा व्यापारमा लगानी गर्ने अवसर आउनेछ  । बहुमूल्य धातु सङ्ग्रह गर्न सकिनेछ । भौतिक तथा विलासी वस्तुको प्रयोगले अरुलाई आकर्षित गर्न सकिन्छ । शुभ चिन्तकहरूको सहयोग प्राप्त हुने समय छ । उपलब्धिमूलक काम सम्पादन गर्न सकिनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार