images
images

सोमबारको राशिफल : आज कुन कुन राशि भएका व्यक्तिलाई छ नाम, दाम र इनाम प्राप्त गर्ने अवसर ?

सोमबारको राशिफल : आज कुन कुन राशि भएका व्यक्तिलाई छ नाम, दाम र इनाम प्राप्त गर्ने अवसर ?

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • images
    images
    सोमबारको राशिफल : आज कुन कुन राशि भएका व्यक्तिलाई छ नाम, दाम र इनाम प्राप्त गर्ने अवसर ?
    images
    images

    आज वि.सं. २०८१ साल माघ २८ गते । सोमबार । ईश्वी सन् २०२५ फेब्रुअरी १० तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । माघ शुक्लपक्ष । त्रयोदशी तिथि, ३१ घडी १५ पला, बेलुकी ७ बजेर १७ मिनेट उप्रान्त चतुर्दशु । नक्षत्र–पुनर्वशु, २९ घडी ३५ पला, बेलुकी ६ बजेर ३७ मिनेट उप्रान्त तिष्य । प्रिती योग, ११  घडी २८ पला, बिहान ११ बजेर २२ मिनेट उप्रान्त आयुष्मान । करण–कौलव, बिहान ७ बजेर ३८ मिनेट उप्रान्त तैतिल, बेलुकी ७ बजेर १७ मिनेट उप्रान्त गर । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मिथुन , मध्यान्ह १२ बजेर ३७ मिनेट उप्रान्त कर्कट । आज कुन राशि हुनेको समय कस्तो चल्दैछ ? हेर्नुस् 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
    कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतले नाम, दाम र इनाम प्राप्त गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरेका कामको उचित मूल्याङ्कन हुनेछ । सहयोगीहरूको साथले महत्त्वपूर्ण काम बन्नेछ । 

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    साझेदारीमा गरिएको व्यापारबाट लाभ प्राप्त हुनेछ। यद्यपि, व्यापार व्यवसायमा गरिने लेनदेनमा भने सचेत हुनुहोला । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन्। नयाँ कामको अवसर प्राप्त हुनेछ। व्यापार बढ्नाले मनग्य लाभ हुनेछ। विभिन्न भौतिक साधन जुटनाले महत्तवपूर्ण काम बन्नेछ । 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    कार्यक्षेत्रमा तोकिएको समयमा काम सम्पादन नहुँदा मन खिन्न हुनेछ । यदपि, लामो समयदेखि रोकिएको कार्य सम्पादन हुनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिन्छ । रचनात्मक कार्य शुभारम्भ होला। विभिन्न अवसर प्राप्त हुनेछ । बेलुकीपख आयस्रोत सबल बन्नसक्छ । सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    नोकरी वा पेशामा अनुभवी व्यक्तिहरूमने सुझाव मनन गर्नुहोस् । हतारमा लिएको निर्णयबाट हानि हुनसक्छ। व्यापार व्यवसायमा नयाँ विशिष्ट व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ । सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। दिउँसोदेखि महत्त्वाकांक्षी काम बन्नेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    व्यापार व्यवसायमा सोचे अनुरूप सफलता मिल्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। स्रोत–साधन जुट्नेछ । श्रमको उचित मूल्याङ्कन होला । यद्यपि, आज खर्च बढ्ने योग छ । सरसापट र भैपरी आउने काममा सञ्चित रकम खर्च होला । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समय पर्खनुहोस् । ऋणबाट मुक्ति मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। कीर्तिमानी कामको अवसर छ । आफ्नो क्षेत्रमा नाम र दाम कमाउन सकिनेछ । शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। मेहनतले आम्दानी बढाउन र लक्ष्य प्राप्त गर्न सकिनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    व्यापार व्यवसायमा अभिभावकको सहयोग मिल्नेछ। आयस्रोतमा वृद्धि हुनेछ। सामाजिक जिम्मेवारी प्राप्त हुने समय छ। भाग्यले अवसर दिलाउन सक्छ। प्रशंसायोग्य काम सम्पादन हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    अड्केका कार्यहरू सम्पादन हुनेछन्। आफ्नो कार्यलाई पूरा गर्न सफल भइनेछ । रोजगारीका अवसर प्राप्त हुनेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । दिउँसोदेखि केही अवसरले प्राप्त हुन सक्छ । गरेका काममा मिहिनेत गर्दा आंशिक सफलता प्राप्त हुनेछ।

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    प्रशासनिक वा राजकीय क्षेत्रबाट सहयोग मिल्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय भए पनि खर्च बढ्नेछ । विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले दोहोर्याएर काम गर्नुपर्ने स्थिति सिर्जना हुनेछ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    चिताएको काममा सफलताको लागि संघर्ष गर्नुपर्ने हुन्छ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा ईर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ योजना सुरु गर्न सकिन्छ । परिवारजनको साथले काममा उत्साहज जगाउनेछ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    कुनै पनि काम पछि गर्छु भन्दा पनि सम्पादन गर्नमा ध्यान दिनुहोस्।भविष्यका लागि नयाँ काममा जग बसाउने मौका छ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। मध्याह्नपछि खर्चिलो काम गर्नुपर्ने हुन सक्छ। सापटमा गएको धनले समस्या निम्त्याउला। आफ्नो साधनबाट अरुले फाइदा उठाउनेछन्।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    अड्केको धन लिनको लागि समय उपयुक्त रहेको छ। तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ। अरुलाई दिएको वचन पूरा गर्न सकिदैन । यद्यपि, आर्थिक स्थितिमा केही सुधार आउनेछ। अवसर प्राप्त भए पनि सोचेको काम पूरा गर्न सकिदैन । व्यापार व्यवसायमा फाइदा सामान्य लिन सकिनछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार