images
images

सिडिएससीको प्रबन्ध सञ्चालक पन्दाकले सम्हालिन् जिम्मेवारी, धितोपत्र बजारमा १७ बर्षको अनुभव

सिडिएससीको प्रबन्ध सञ्चालक पन्दाकले सम्हालिन् जिम्मेवारी, धितोपत्र बजारमा १७ बर्षको अनुभव

बिहिवार, पुस १८ २०८१
बिहिवार, पुस १८ २०८१
  • images
    images
    सिडिएससीको प्रबन्ध सञ्चालक पन्दाकले सम्हालिन् जिम्मेवारी, धितोपत्र बजारमा १७ बर्षको अनुभव
    images
    images

    काठमाडौँ / सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी)को नवनियुक्त प्रबन्ध सञ्चालक प्रविन पन्दाकले पदभार ग्रहण गरेकी छन् । आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्यकारी प्रमुखको समेत जिम्मेवारी प्रदान गर्ने गरी प्रबन्ध सञ्चालकमा नियुक्त गरेसँगै उनले बुधबार पदभार ग्रहण गरेकी हुन् ।

    images
    images

    सिडिएससीको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर कार्कीले उनलाई पद तथा गोपनियताको शपथ गराएका थिए । उनले आगामी चार वर्षसम्म सिडिएससी नेतृत्वको सम्हाल्नेछिन् । 

    यसअघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा वरिष्ठ प्रबन्धकको रूपमा कार्यरत उनी सिडिएससीको सञ्चालक समेत रहेकी थिइन् ।

     २०६४ सालमा नेप्सेमा छैटौँ तह अधिकृतबाट प्रवेश गरेकी पन्दाक नवौं तहको अधिकृतको जिम्मेवारी सम्हालिरहेको अवस्थामा सिडिएससीमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हाल्न पुगेकी हुन् ।

    धितोपत्र बजारमा उनको १७ वर्षबढीको अनुभव छ । पन्दाकले सिडिएससीमा समेत प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास रहेको कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार