images
images

भोलिदेखि हिउँदे झरी पर्ने, देशभर कठ्याङ्ग्रिने चिसो बढ्ने

भोलिदेखि हिउँदे झरी पर्ने, देशभर कठ्याङ्ग्रिने चिसो बढ्ने

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • images
    images
    भोलिदेखि हिउँदे झरी पर्ने, देशभर कठ्याङ्ग्रिने चिसो बढ्ने
    images
    images

    काठमाडौँ / मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।

    आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।  पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

    त्यस्तै, शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने मौसमविद्ले जनाएको छ ।

    हाल कायम रहेको पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको र शुक्रबारदेखि अर्को मौसमी प्रणाली भित्रिने भएकाले बदली र वर्षा हुने मौसमविद्ले जनाएको छ । आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउनेछ । हिउँदे झरीपछि चिसो अझै बढ्ने मौसमविद्को भनाइ छ । 

    देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार