images
images

कुन प्रदेशमा कस्तो रहला आजको मौसम ?

कुन प्रदेशमा कस्तो रहला आजको मौसम ?

मंगलवार, पुस २ २०८१
मंगलवार, पुस २ २०८१
  • images
    images
    कुन प्रदेशमा कस्तो रहला आजको मौसम ?
    images
    images

    काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरो लागे पनि दिउँसो देशैभरीको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

    राती भने गण्डकीको हिमाली क्षेत्रमा आंशिक बदली रही एक÷दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।

    बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु साथै थोरै स्थानहरुमा कुहिरोको तथा गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन,पर्यटन, पर्वतारोहण, यातायात तथा हवाई उड्डयनमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार