काठमाडौँ / जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
हाल कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरो लागेको छ ।
बुधबार कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । बिहीबार र शुक्रबार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानहरूमा हुस्सु साथै केही स्थानहरूमा कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा क्षणिक/आंशिक असर पर्न सक्ने मौसमविद्ले जनाएको छ ।