images
images

गुनासो बढ्न थालेपछि पशुपति क्षेत्रका ९ इनार उत्खनन् गरेर संरक्षण गरिने

गुनासो बढ्न थालेपछि पशुपति क्षेत्रका ९ इनार उत्खनन् गरेर संरक्षण गरिने

आइतवार, मंसिर २३ २०८१
आइतवार, मंसिर २३ २०८१
  • images
    images
    गुनासो बढ्न थालेपछि पशुपति क्षेत्रका ९ इनार उत्खनन् गरेर संरक्षण गरिने
    images
    images

    काठमाडौँ / प्राचीनकालमा स्थापित पशुपति क्षेत्रका नौ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन लागिएको छ। पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण नौवटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप जस्तै थिए।

    images
    images

    ऐतिहासिक महत्त्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौँ महानगरपालिका–८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन् गरी संरक्षण थालिएको हो। उत्खनन् गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहेका वडा नम्बर ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए। 

    पशुपति क्षेत्रको नवाली टोलस्थित ताम्रेश्वर महादेव मन्दिर नजिकै र जयवागेश्वरीस्थित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा दुईवटा ऐतिहासिक इनार रहेको सूचनाका आधारमा उत्खनन् गरी दुवै इनारलाई संरक्षण सुरु गरिएको हो।

    यी दुवै इनार पुरिएको अवस्थामा फेला परेका हुन् । अरु सात इनारलाई पनि खोजेर संरक्षण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार