काठमाडौँ / राष्ट्रिय, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं थप ४ दिन हिरासतमा राखिने भएको छ । काठमाडौँ जिल्ला अदालतले मङ्गलबार थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै डकुमेन्टसहितको भिडियो सार्वजनिक गरेका उनी मङ्सिर ४ गते भक्तपुरस्थित निवासबाटै पक्राउ परेका थिए ।