काठमाडौँ / भिरिञ्ची कलेजले पाँचौँ संस्करणको आइसिटी मेला आयोजना गर्ने भएको छ । कुमारीपाटीस्थित भिरिञ्ची कलेजले मङ्सीर २० देखि हुने उक्त मेला २२ गतेसम्म चल्नेछ ।
भिरिञ्ची कलेजले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी मेलाको पाँचौँ संस्करण बिहीबारदेखि शनिबारसम्म सञ्चालन हुने भएको हो ।
मेलामा ब्याचलरमा अध्ययनरत विद्यार्थीले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयर लगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिने छ ।
यस बाहेक मेलामा रोबो र्याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्ट लगायतका गतिविधि हुनेछन्। यसअघि आइसिटी मेलाको प्रि–इभेन्टको रूपमा रिल्स र युआई/युएक्स प्रतियोगिता सम्पन्न भइसकेका छन् ।
आईटीमा रूची हुने सबैले मेलाको निःशुल्क अवलोकन गर्न सक्ने छन् । मेलामा मानिसको दैनिक जीवनलाई सहज बनाउने खालका नवीन आईटी परियोजनाहरू प्रदर्शनमा राखिने छन् ।
साथै मेलामा आउने अवलोकनकर्तालाई आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । भिरिञ्ची कलेजले विगत ४ वर्षदेखि आइसिटी मेला आयोजना गर्दै आएको छ ।