images
images

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच समझदारी, यी विषयमा सहकार्य हुने

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच समझदारी, यी विषयमा सहकार्य हुने

शुक्रवार, कार्तिक २३ २०८१
शुक्रवार, कार्तिक २३ २०८१
  • विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जापानी निकायबीच समझदारी, यी विषयमा सहकार्य हुने
    images
    images

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुनस्र्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी, युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो । 

    काठमाडौँको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा विपद व्यवस्थापन पूर्वतयारीका लागि सहकार्य सुरु भएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका लागि जापानको प्राविधिक सहयोग, एवं जनचेतनाका लागि सहकार्य गर्ने विषयमा सहमति भएको छ ।

    जोखिम पूर्वतयारी, तथा समग्र विपद् व्यवस्थापनका विषयमा स्थानीय स्तरमा नागरिकको प्रत्यक्ष सहभागिता हुने गरी कार्यक्रमहरू सञ्चालन गर्न लागिएको चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । 

    प्राकृतिक प्रकोपबाट नागरिकले कष्ठ पाइरहेको अवस्थामा जापानी संस्थासँगको सहकार्यमा विपद् व्यवस्थापन कार्यका लागि चेम्बरले पहल गरेको अध्यक्ष अग्रवालले बताए । 

    चेम्बरका निर्वतमान अध्यक्ष राजेन्द्र मल्लले वास्तविक तथ्याङ्कको अभावमा पनि उद्धार राहत तथा पुनस्र्थापना कार्यमा प्रभावकारी परिणाम हासिल गर्न चुनौती रहेको बताए । जापानी निकायसँगको प्राविधिक सहकार्यमा बास्तविक लगत सङ्कलन गर्न सकिने बताए । 

    चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्राले विपद् व्यवस्थापनमा जपानी संस्थाहरूसँग चेम्बरले गर्ने सहकार्यलाई स्थानीय तहसम्म पु-याइने बताए । सो कार्यक्रम चेम्बरले ५ वर्ष अघि नै सुरु गर्ने तयारी गरेपनि कोभिडका कारण प्रभावित भएको वरिष्ठ उपाध्यक्ष अग्रवालले बताए । 

    जापानी संस्थासंगको प्राविधिक सहयोग एवं सहकार्यमा विपद् पूर्वतयारी एवं जनचेतनालाई प्रभावकारी बनाइने उनको भनाइ छ । अर्वान रेजिलेन्स रिर्सच सेन्टरका प्राध्यापक डा. इकुटा एसुकेले विपद व्यवस्थापन सम्वन्धी सम्पुर्ण कार्यक्रममा बढी भन्दा बढी जनसभागिता हुनुपर्नेमा जोड दिए । 

    रेजिलेन्स रिर्सच सेन्टरमार्फत विपद व्यवस्थापन प्रतिकार्य सम्वन्धी जनचेतना अभिवृद्धि एवं प्राविधिक सहयोगका लागि चेम्बरसँग सहकार्य गर्न पाउँदा खुसी लागेको उनले बताए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार