images
images

जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच-थ्री रकेट प्रक्षेपण

जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच-थ्री रकेट प्रक्षेपण

सोमवार, कार्तिक १९ २०८१
सोमवार, कार्तिक १९ २०८१
  • जापानद्वारा रक्षा सञ्चार उपग्रहसहितको एच-थ्री रकेट प्रक्षेपण
    images
    images

    जापानले सोमबार कागोशिमा प्रान्तको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट आफ्नो ध्वजाबाहक नयाँ एच-थ्री रकेट प्रक्षेपण गरेको छ । जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र मित्सुबिशी हेभी इन्डस्ट्रिजद्वारा विकसित एच-थ्री रकेट सफलतापूर्वक उपग्रहबाट अलग भएको छ ।

    यो उपग्रहको उद्देश्य जापानको सेल्फ डिफेन्स फोर्सलाई अन्तरीक्षबाट सूचना आदानप्रदान बढाउने हो । जापानको एचथ्री रकेटले एच-२ ए रकेटको सञ्चालनलाई पूर्णरूपमा प्रतिस्थापन गर्ने तयारी गरेको छ । 

    आर्थिक वर्ष २०२४ देखि अर्को मार्चसम्म ५० रकेटको प्रक्षेपण गरिने अपेक्षा गरिएको छ।

    मार्च २०२३ मा यसको उद्घाटन प्रक्षेपणको विफलता र यस वर्ष दुई सफल मिशनपछि सोमवारको एच-थ्रीको प्रक्षेपण यो बर्ष गरिएको जापानको चौथो प्रक्षेपण हो। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार