images
images

पहिलो कारोबारको दिन नै २५.४६ अङ्कले घट्यो शेयर बजार, १० अर्ब १२ करोड बढीको कारोबार

पहिलो कारोबारको दिन नै २५.४६ अङ्कले घट्यो शेयर बजार, १० अर्ब १२ करोड बढीको कारोबार

आइतवार, भदौ २३ २०८१
आइतवार, भदौ २३ २०८१
  • images
    images
    पहिलो कारोबारको दिन नै २५.४६ अङ्कले घट्यो शेयर बजार, १० अर्ब १२ करोड बढीको कारोबार
    images
    images

    काठमाडौँ / साताको पहिलो कारोबारको दिन अथाृत आज आइतबार शेयर बजार २५.४६ अङ्कले घटेको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अनुसार आज परिसूचक ०.९३ प्रतिशत अर्थात २५.४६ अङ्कले घटेर दुई हजार ७०१.९० को बिन्दुमा पुगेको छ ।

    आज ३२८ कम्पनीको २ करोड २१ लाख ५१ हजार ८०३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब १२ करोड रुपैयाँको शेयर कारोबार भएको छ । यस्तै, यसदिन ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५६ कम्पनीको घटेको छ । 

    आइतबार १० उपसूचक राताम्य भएका छन् । यसदिन बैंकिङ समूहको १.५८ प्रतिशत, विकास बैंक समूहको २.०७ प्रतिशत, फाइनान्स समूहको १.२४ प्रतिशत, होटल तथा पर्यटन समूहको १.४१ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।

    चार कम्पनीको शेयरमा सकारात्मक सर्किट

    आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज महुली लघुवित्त, सिर्जनशिल लघुवित्त, मिड शोलु हाइड्रोपावर र मनकामना इन्जिनिरिङको शेयरमा सर्किट लागेको हो ।

    1.PNG

    यी १० कम्पनीको लगानीकर्ताले गुमाए सार्वधिक

    आज थ्रि स्टार हाइड्रो पावर कम्पनीका लगानीकर्ताले सार्वधिक गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले घटेर एक हजार १२.५० रुपैयाँमा झरेको छ । 

    2.PNG

    आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

    आज सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको ४२ करोड १९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 

    त्यस्तै, हाईड्रो इलेक्टिसिटि, ग्रिन लाइफ, गुडबिल फाइनान्स, एनएलजी इन्स्योरेन्स, एक्सेल डेभलपमेन्ट बैंक, हिमालयन रि, नेपाल फाइनान्स, निफ्रा र सानिमा माईको सर्वाधिक कारोबार भएको छ । 

    3.PNG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार