images
images

साताको अन्तिम दिन १२.१० अङ्कले घटेको बजारमा ९ अर्ब ६५ करोडको कारोबार, कसले कति कमाए ?

साताको अन्तिम दिन १२.१० अङ्कले घटेको बजारमा ९ अर्ब ६५ करोडको कारोबार, कसले कति कमाए ?

बिहिवार, भदौ २० २०८१
बिहिवार, भदौ २० २०८१
  • images
    images
    साताको अन्तिम दिन १२.१० अङ्कले घटेको बजारमा ९ अर्ब ६५ करोडको कारोबार, कसले कति कमाए ?
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबारको दिन अर्थात आज आइतबार नेप्से परिसूचक १२.१० अङ्कले घटेको छ । 

    images
    images

    नेपाल स्टक एक्सचेन्ज (नेस्से) को अनुसार आज बिहिबार परिसूचक १२.१० अङ्क अर्थात ०.४४ प्रतिशतले घटेर २ हजार ७२७.३६ विन्दुमा पुगेको छ । 

    बुधबार पनि सेयर बजार उच्च अङ्कले घटेको थियो । उक्त दिन परिसूचक ९०.७३ अङ्कले घटेर २ हजार ७३९ विन्दुमा पुगेर बन्द भएको थियो । 

    मंगलबार भने नेप्से सामान्य अङ्कले बढेको थियो । तीव्र उतारचढावकाबीच पनि उक्त दिन नेप्से ६.९० अङ्कले बढेर २८३०.१६ विन्दुमा बन्द भएको छ। सोमबार परिसूचक ४.७२ प्रतिशत अर्थात १२७.३२ अङ्क बढेर २ हजार ८२३.२५ विन्दुमा पुगेर बन्द भएको थियो ।

    परिसूचक घटेसँगै कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १२ अर्ब ९२ करोड भन्दा बढीको कारोबार भएकोमा आज ९ अर्ब ६५ करोड रुपेयाँ भन्दा बढीको कारोबार भयो । आज १०१ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने ५ स्थिर रह्यो ।

    आज  दुई क्षेत्रका सूचक मात्रै बढेको छ भने ११ क्षेत्रका सूचक घटेको छ । माइक्रोफाइनान्स १.६८ प्रतिशत र व्यापार समूह ०.१६ प्रतिशतले बढेको छ । बैंकिङ ०.६९ प्रतिशत, विकास बैंक ०.१३ प्रतिशत, फाइनान्स ०.५३ प्रतिशत, होटल तथा पर्यटन ०.११ प्रतिशत, हाइड्रोपावर १.०१ प्रतिशत, लगानी १.३६ प्रतिशत, जीवन बीमा ०.७४ प्रतिशत, उत्पादन ०.३३ प्रतिशत, म्युचल फन्ड ०.५६ प्रतिशत, निर्जीवन बीमा ०.५२ प्रतिशत र अन्य ०.०१ प्रतिशत घटेको छ ।

    यी १० कम्पनीका लगानीकर्ताले कमाए सार्वधिक

    आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । 

    यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ९.१४ प्रतिशतका दरले कमाएका छन् । नेष्डो समृद्ध लघुवित्तका लगानीकर्ताले ८.४३ प्रतिशतका दरले कमाएका छन् ।

    1.PNG

    यी १० कम्पनीका लगानीकर्ताले गुमाए सार्वधिक

    आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८.९१ प्रतिशतका दरले गुमाएका छन् ।

    2.PNG

    यी १० कम्पनीको सार्वधिक कारोबार 

    आज नेपाल फाइनान्सको सबैभन्दा धेरै कारोबार भएको छ । आज यस कम्पनीको ४० करोड ५० लाख रुपैयाँ बढीको कारबार भएको हो । 

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको २९ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    3.PNG 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार