images
images

ह्याबिट्याट पावरले ११ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

ह्याबिट्याट पावरले ११ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

मंगलवार, भदौ १८ २०८१
मंगलवार, भदौ १८ २०८१
  • images
    images
    ह्याबिट्याट पावरले ११ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
    images
    images

    काठमाडौँ / सिंगटी हाईड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याबिट्याट पावर कम्पनीले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । 

    images
    images

    कम्पनीले सो कार्यका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको हो ।  

    शेयर निष्कासन सम्बन्धी सम्झौतापत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष बटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

    कम्पनीले जारी पूँजी ५५ करोड रुपैयाँको २० प्रतिशत अर्थात् १०० रुपैयाँ अंकित मूल्यमा ११ लाख कित्ता साधारण शेयर जारी गर्ने छ । 

    कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहको लागि र बाँकी १० प्रतिशत अर्थात् ५ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणलाई जारी गर्ने बताएको छ । 

    अब कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

    कम्पनीले पाँचथर जिल्लामा ९.९ मेगावाट (मेवा) क्षमताको हेवाखोला ए साना जल विद्युत आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीका अनुसार आयोजनाको कार्य ७० प्रतिशत सम्पन्न भइसकेको र चालू आर्थिक वर्षको चैत मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

    कम्पनीका अनुसार आयोजनाको प्रति मेवा लागत १९ करोड रुपैयाँ छ । कम्पनीको मुख्य प्रवर्द्धकमा सिंगटी हाईड्रो इनर्जी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार