images
images

प्रोग्रेशिभ फाइनान्स लिमिटेड ३०औं वर्षमा प्रवेश, ६४ जनाले गरे रक्तदान

प्रोग्रेशिभ फाइनान्स लिमिटेड ३०औं वर्षमा प्रवेश, ६४ जनाले गरे रक्तदान

आइतवार, फागुन १८ २०८१
आइतवार, फागुन १८ २०८१
  • images
    images
    प्रोग्रेशिभ फाइनान्स लिमिटेड ३०औं वर्षमा प्रवेश, ६४ जनाले गरे रक्तदान
    images
    images

    प्रोग्रेशिभ फाइनान्स लिमिटेडले फागुन १४ गते २९ औं वर्ष पुरा गरी ३०सौं वर्षमा प्रवेश गरेको छ । 

    images
    images

    यस अवसरमा फाइनान्सले पाटन सुन्धारामा खुला रक्तदान कार्यक्रम आयोजना ग¥यो । स्टार हस्पिटल प्रा.लि.को प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा रक्तदाताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

     उक्त अवसरमा प्रोग्रेशिभ फाइनान्सका अध्यक्ष लक्ष्मी प्रसाद महर्जनले व्यवसायिक कृयाकलाप सँगसँगै यस प्रकारका सामाजिक गतिविधिहरुलाई पनि अगाडी बढाउन सकेकोमा खुशी प्रकट गरे । 

    प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठले सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्दै स्वास्थ्य सेवाजस्तो आधारभूत आवश्यकतालाई प्राथमिकता दिई यस फाइनान्सले आयोजना गरेको रक्तदान कार्यक्रमबाट अमूल्य जीवनहरुलाई बचाउन सकिने भएकोले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भविष्यमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    फाइनान्सका कर्मचारीहरु समेतको सहभागीतामा ६४ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

    एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, क्यू आर पेमेन्ट, सी आस्वा, डी म्याट लगायत प्रविधिमा आधारित आधुनिक बैकिङ सेवाहरुको सहज उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले हाल २३ वटा शाखा तथा ४ वटा विस्तारित काउन्टरहरु मार्फत सम्पूर्ण बैकिङ सेवाहरु प्रवाह गरिरहेको सूचना अधिकारी प्रमोद भट्टराईले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार