भगवान शिवलाई धतुरो चढाइन्छ तर तपाई जान्नुहुन्छ धतुरो धार्मिक रूपमा मात्रै नभई कयौ फाइदाका लागि पनि यो महत्त्वपूर्ण रहेको छ । धतुरोको पातहरु र यसको रस आयुर्वेदमा औषधिको रूपमा प्रयोग गरिन्छ। आउनुहोस्, थाहा पाउनुहोस् यसका फाइदाहरु स्
घाउ छिटो निको हुन्छ
एन्टीसेप्टिक गुण धतुरोमा मा पाइन्छ, जसले चाँडै गहिरो घाउहरुलाई निको पार्छ। तर यदी घाउ निकै गहिरो छ भने यसको प्रयोग गर्नुहुँदैन । धतुरोमा एन्टीइन्फ्लेट्री गुण पाइन्छ । जसका कारण यसले सामान्य चोट लाग्दा या सामान्य सुजनलाई कम गर्न सहयोग गर्दछ ।
चोटका कारण सूजन हटाउनका लागी, यसको धतुरोको फललाई राम्रोसँग कुट्नुहोस् । यसलाई पेस्ट बनाएर सुन्निएको ठाउँमा लगाएर राहत लिन सकिन्छ ।
कान दुखाईलाई राहत दिलाउन
कानदुखेको छ या कुनै घाउन भएको छ भने धतुरोको प्रयोग गर्न सकिन्छ । किनभने यसमा इन्फेल्मेट्री गुण पनि पाइन्छ । यद्यपि बच्चाको कानमा प्रयोग गर्नुभन्दा पहिले आयुवेर्दिक डाक्टरसँग सल्लाह लिनुहोस् ।
शरीर तातो राख्छ
धतुरो शरीरलाई गर्मि राख्ने फल हो । वैज्ञानिक रूपमा धतुरो सीमित मात्रामा लिदा औषधिको काम गर्छ । तर, ज्यादा लिदा यो शरीरका लागि हानिकारक हुनसक्छ ।
जोर्नी दुखाईबाट राहत मिल्छ
यदी तपाईबाट जोर्नीबाट दुखाईबाट हैरान हुनु भएको छ या खुट्टा सुन्निएको छ या भारती पन लागेको छ भने तब तपाई धतुरोको पात पिसेर यसको लेप लगाउन सकिन्छ । यसले तपाईलाई तत्काल आराम मिल्नेछ ।
किनभने यो फल गर्मि भएका कारण मांशपेशीहरुलाई प्राकृतिक रुपमा नरम बनाउछ । जसको कारण बिरामीलाई तत्काल राहत मिल्छ। धतुरोको रसलाई तिलको तेलमा मिसाएर लगाउदा विरामीलाई फाइदा मिल्नेछ । यद्यपि, त्यसलाई यसलाई थोरै तातो बनाएर लगाउनु लाभदायक छ।
धनुरोमा केही विषाक्त तत्वहरु छन्, त्यसैले यो खानामा बिल्कुल नै प्रयोग गर्नु हुँदैन । त्यस्तै, कुनै पनि घरेलु उपचार लिनु अघि, तपाइँले एक पटक एक आयुर्वेदिक डाक्टरसँग परामर्श गर्नु पर्छ।
प्रथम पटक प्रकाशित मिति : फागुन १७, २०७८