आज विक्रम संवत २०८१ साल फाल्गुन ६ गते, मंगलबार । ईश्वी सन् २०२५ फेव्रुवरी १८ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । तिथि–षष्ठी, ५५ घडी ३३ पला, बेलुकी ४ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । स्वाती नक्षत्र, अहोरात्र । गंड योग, ४ घडी ३३ पला, बिहान ८ बजेर ३० मिनेट उप्रान्त वृद्धि । करण–गर, दिउँसो ३ बजेर ५० मिनेट उप्रान्त वणिज, रातको ४ बजेर ५४ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–तुला । राशिफलको आधारमा तपाईँको समय कति शुभ कति अशुभ छन् ? हेर्नुस्
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईँको समय मध्यम छ । मेहनत अनुसार प्रतिफल पाउन सकिदैन । व्यापारमा घाटा लाग्न सक्छ भने व्यापारको लागि गरिएको यात्रा समेत सफल नहुनसक्छ । सवारी साधन र विलासी वस्तुको प्रयोगमा ध्यान दिनुहोला । हिम्मतले काम लिने समय छ । कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी मेहनत गर्दा सफल हुन सकिएला ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अरुको काममा अल्झिदा कार्यसम्पादनमा ढिलाइ हुनेछ । दोहोर्याएर गरेका काम सफल हुनेछ । यद्यपि आज प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ काम पाउने अवसर छ । नोकरीमा बढुवा तथा स्थानान्तरणको सम्भावना छ । सेयर बजार, निर्माण्ढा, खाद्यान्न, कपडा, श्रृङ्गार तथा गरगहनामा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । आर्थिक लाभ हुने काममा सफल भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
नोकरी वा पेशामा इमान्दार रहनुहोला । नयाँ काममा लगानी गर्ने समय छ । आर्थिक अवस्था बलियो हुने समय छ । व्यापार, उद्योग र सेयर कारोबारबाट फाइदा हुनेछ । दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले आँटेका काम बन्नेछ । मेहनतले सहजै लक्ष्य प्राप्त गर्न सकिनेछ । आज नयाँ काम सुरु गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनु राम्रो हुन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज नयाँ काम सुरु गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिने समय छ । अवसरको सदुपयोग गर्न नसक्दा पछि परिनेछ । विशेष योजना गोप्य राख्नुहोला । काम बिग्रने भयले सताउनेछ । कार्यक्षेत्रमा सानोतिनो कुरामा अल्झिना पर्ला । अनावश्यक विवादमा फसिएला । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त समय पर्खनुहोस् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा नयाँ अवसर मिल्नेछ । आज सोचविचार गरेर मात्रै निर्णय लिनुहोला । प्रशासनिक क्षेत्रमा कार्य सम्पादनमा बाधा आउन सक्छ । उद्योग, व्यापार, तथा वित्तीय क्षेत्रमा गरिएको लगानीमा फाइदा हुनेछ । स्रोत(साधन जुट्नाले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। परिवारको सहयोगले रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
दोहोर्याएर योजना बनाउनुपर्ला । आर्थिक पक्ष सामान्य छ । उद्योग र व्यवसायमा गरिएको लगानी फस्टाउनेछ । होटल तथा रेष्टुरेन्ट व्यवसायबाट विशेष फाइदा लिन सकिनेछ । थोरै बोलेर मनग्य आम्दानी गर्न सकिनेछ। बोलीको गलत अर्थ लाग्नाले विवादमा परिने सम्भावना छ । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रतिष्ठित काम सम्पन्न हुने समय छ । व्यापार, उद्याग तथा सेयर बजारमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । आर्थिक अवस्था राम्रो छ । मनपर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। यद्यपि, अरुको फाइदाको लागि उपयोग भइएला । महत्त्वपूर्ण योजना गोप्य राख्नुहोला । अरुलाई प्रभावित बनाएर काम बनाउने समय छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आकस्मिक खर्च बढ्दा आर्थिक सङ्कट झेल्नुपर्ला । धनहानिको योग छ । नयाँ काम गर्ने अवसर छ । अरुको फाइदाको लागि बढी मेहनत गर्नुपर्ला । यद्यपि, लामो दुरीको यात्रा तय हुनेछ । विदेशी सामानको व्यवसाय फस्टाउनेछ । मुस्किलले काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काममा सामान्य फाइदा हुनेछ । आवश्यकता पूरा गर्न सरसापट गर्नुपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक अवस्था सबल भएर जानेछ । उद्योग तथा सेयर बजारमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । पैतृक सम्पत्ति परिचालन गरी फाइदा लिन सकिनेछ । वित्तीय क्षेत्रबाट लाभ मिल्ला। आँटेको कार्य सम्पादन हुनेछ । आयस्रोत राम्रो हुनाले आवश्यक भौतिक साधन जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापार व्यवसाय फस्टाउनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार व्यवसायमा अभिभावकको सहयोग मिल्नेछ । सेयर बजारमा मनग्य लाभ प्राप्त हुनेछ । तारिफयोग्य काम गर्दै अरुको उपकार गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाउने समयछ । कृषि, पशुपालन तथा पेसा–व्यवसायमा लाभ हुनेछ। दिगो काममा जग बसाउने मौका छ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार व्यवसायमा अनुभव उपयोग गर्न सकिनेछ । कृषि वा पशुपालनबाट लाभ आर्जन गर्न सकिएला। शिक्षा, सेयर बजार, पहिरन तथा खाद्यान्नमा गरिएको लगानीबाट प्रशस्त आम्दानी हुनेछ । अपेक्षित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसर जुराउनेछ । मिहिनेतले सफल हुन सकिनेछ । सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यापार व्यवसायमा आम्दानी बढाउन निकै मेहनत गर्नुपर्ला । व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनुका साथै सञ्चित धन बाहिरिन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। दोहोर्याएर काम गर्नुपर्ला । भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गर्दा सचेत हुनुहोला ।