images
images

ट्रष्ट माइक्रो इन्स्योरेन्सको  २२,५०,००० कित्ता साधारण शेयर निस्कासन

ट्रष्ट माइक्रो इन्स्योरेन्सको  २२,५०,००० कित्ता साधारण शेयर निस्कासन

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • images
    images
    ट्रष्ट माइक्रो इन्स्योरेन्सको  २२,५०,००० कित्ता साधारण शेयर निस्कासन
    images
    images

    ट्रष्ट माइक्रो इन्स्योरेन्सको विक्री प्रबन्धकमा एनआएमबि एस क्यापिटल धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न  एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि एक सम्झौता गरिएको छ ।

    सम्झौता अनुसार ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२,५०,००,०००/– रकम बराबरको कूल २२,५०,००० कित्ता साधारण शेयरहरु प्रति शेयर अंकित मूल्य रु.१००/– का दरले सर्वसाधारणहरुमा निष्काशन गर्नको  सम्झौता गरेको हो ।  यहि फागुन ४ गते धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको  जनाएको छ ।

    न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पु¥याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड वि.सं. २०८० साल कात्र्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरेको थियो ।  

    लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८०/१२/ ०१ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

    उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक श्री सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार