images
images

चेम्बर र युएनडीपीद्वारा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको अनुगमन

चेम्बर र युएनडीपीद्वारा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको अनुगमन

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • images
    images
    चेम्बर र युएनडीपीद्वारा बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको अनुगमन
    images
    images

    काठमाडौँ / नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले बाढी पहिरो प्रभावित क्षेत्रमा गरिएको सहयोगको अनुगमन गरेको छ । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा चेम्बर र युएनडीपीले गरेको सहयोगबाट भएका पुर्ननिर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन गरिएको हो । 

    चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधी कायको युकोशुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यन्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको थियो । 

    पनौती नगरपालिका र रोशी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोले पु-याएको जनधनको क्षति एवं जिविकोपार्जनका लागि गत पौष महिनामा चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता  भएको थियो ।

    बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकुलनन सहकार्यको प्रगति सम्बन्धमा संयुक्त अनुगमन गरिएको चेम्बरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

    बाढी पहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रम अन्र्तगत सिंचाई नहर, सामुदायिक सडकहरु, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भईरहेको छ । यसबाट स्थानीय रोजगारी समेत सिर्जना भएको छ । 

    प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ ।

    बाढी पहिरो प्रभावित क्षेत्रमा भईरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निक्षी क्षेत्रको तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । 

    चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले चेम्बर र युएनडीपीको सहयोगले बाढी पहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जिविकोपार्जनमा उल्लेख्य उपलव्धी हासिल भएको बताए । 

    युएनडीपीका आवासीय प्रतिनिधी कायको युकोशुले चेम्बरसँगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । 

    चेम्बर र युएनडीपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनको स्थानीय तहका जनप्रतिनिधीको सहभागिताका साथै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यप्रगतिको बारेमा जानकारी गराइएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार