काठमाडौँ / एलजीका ब्राण्डहरू नेपालमा चौधरी ग्रुपमार्फत आधिकारिक रूपमा वितरित हुन्छ। चौधरी ग्रुपले बिगत ४ दशकदेखि एलजीका उत्पादनहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
एलजी नेपालमा टीभी, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कन्डिशनर, माइक्रोवेभ ओभन, तथा अन्य इलेक्ट्रोनिक्स उपकरणहरू को लागि एक लोकप्रिय ब्रान्ड हो ।
नेपालमा नविनतम प्रविधि, उर्जा-दक्ष उपकरणहरू र उत्कृष्ट ग्राहक सेवाका लागि परिचित छ। नवप्रवर्तन, उत्कृष्ट प्रदर्शन, र उपभोक्ताको सुविधालाई ध्यानमा राख्दै, एलजी वासिङ मेसिनले घरायसी लुगा धुने प्रविधिमा नयाँ मानक स्थापित गरेको छ ।
एलजी वाशिङ मेसिन नेपालकै सबैभन्दा विश्वासिलो तथा नम्बर १ ब्रान्ड हो, जसले आफ्नो विरासतलाई निरन्तर कायम राख्दै आएको छ।नवीनतम् एलजी वासिङ मेसिनमा समावेश एआई डाइरेक्ट ड्राइभ प्रविधिले स्वचालित रूपमा उपयुक्त धुने प्रक्रिया चयन गर्दछ।
६ मोशन डाइरेक्ट ड्राइभ प्रविधिले हातले धुने तरिकालाई नजिकबाट अनुसरण गरी उत्कृष्ट धुने अनुभव प्रदान गर्छ।
एलजी वाशिङ मेसिनका प्रमुख विशेषताहरू
स्टीम प्रविधि – एलर्जी हटाउन र कपडामा चिटिक्क राख्न सहयोगी ।
टर्बोवाश ३६० – केवल ३९ मिनेटमै छिटो र प्रभावकारी धुने प्रक्रिया
नो बेल्ट, नो पुली डिजाइन – प्रत्यक्ष मोटर ड्राइभ प्रविधि, बढी टिकाउ र प्रभावकारी ।
थिनक्यू स्मार्ट कनेक्सन – मोबाइल एपमार्फत टाढाबाटै सञ्चालन गर्न सकिने ।
पूर्ण स्टेनलेस स्टिल ड्रम – स्वच्छ, टिकाउ, र दीर्घकालीन प्रयोगका लागि उपयुक्त ।
टेम्पर्ड ग्लास ढोका – आकर्षक डिजाइन, स्क्र्याच-प्रतिरोधी, र बलियो संरचना ।
“एलजी सधैँ नवप्रवर्तनमा अगाडि छ, जसले उपभोक्ताहरूलाई नवीनतम प्रविधि र उच्च गुणस्तर प्रदान गर्छ। नेपालकै सबैभन्दा विश्वासिलो वासिङ मेसिन ब्रान्डको रूपमा चिनिनु हाम्रो लागि गर्वको विषय हो। यसले हाम्रा ग्राहकहरूको भरोसा र सन्तुष्टिलाई प्रमाणित गर्दछ ।
चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री र ग्राहक सेवा प्रदान गर्छ।
नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ। एलजी इलेक्ट्रोनिक्स एक अग्रणी दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी हो, जसको स्थापना १९५८ मा भएको थियो ।
यसले गृह उपकरण, होम इन्टरटेन्मेन्ट, एयर सोल्युसन र बिजनेस सोल्युसन जस्ता क्षेत्रमा नवीन प्रविधि प्रदान गर्छ। एलजी गुणस्तर, ऊर्जा दक्षता र नवीन प्रविधिका लागि परिचित छ। यसको उत्पादनहरू १०० देशमा उपलब्ध छन् ।