images
images

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय र शाखा कार्यालयको नयाँ भवन उद्घाटन

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय र शाखा कार्यालयको नयाँ भवन उद्घाटन

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • images
    images
    राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय र शाखा कार्यालयको नयाँ भवन उद्घाटन
    images
    images

    काठमाडौँ / राष्ट्रिय वाणिज्य बैंकको गण्डकी प्रादेशिक कार्यालय पोखरा र शाखा कार्यालय पृथ्वीचोकको नवनिर्मित भवन शनिबार उद्घाटन गरिएको छ । 

    उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त वनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले निराशाबाट मुलुकलाई बाहिर निकाल्न सरकारले सार्थक पहल गरिरहेको जिकिर गरेका थिए । साथै उनले बैंकलाई सेवाग्राहीलाई विश्वासनीय र सहज रूपमा सेवा प्रदान गर्न शुभकामना पनि दिएका छन् । 

    उनले सरकारको स्वामित्वमा रहेको वाणिज्य बैँकले प्रवाह गर्ने सेवा र दिने सुविधाहरूलाई समय सापेक्ष बनाउँदै प्रत्येक सेवाग्राहीले आफ्नोपनको महशुस गर्नेगरी कार्य गर्न बैँक व्यवस्थापनलाई निर्देशन दिए । 

    राष्ट्रिय वाणिज्य बैँक सञ्चालक समितिका सदस्य लक्ष्मण घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन बैंकले आधार दरमा थोरै मात्र प्रिमियम जोडेर एकल अंकमा ब्याजदर कायम गरेको बताए । 

    उनले सस्तो ब्याजदरको फाइदा उठाउँदै व्यवसायीहरूलाई कर्जा लिएर देशको आर्थिक विकासमा योगदान गर्न आव्हान गर्न गरे । 
    प्रतिस्पर्धी बजारको मागअनुसार बैँकले सेवा र सुविधाहरूलाई समय सापेक्ष बनाउनुपर्ने आवश्यकतालाई महसुश गरी बैँकले आफ्नो कार्यलाई परिमार्जित रूपमा अगाडि बढाएको बताए । 

    साझा प्रतिवद्धताले मात्र समृद्धि सम्भव रहेको स्मरण गराउँदै प्रमुख कार्यकारी अधिकृत खनालले बैँकलाई आजको अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गरे । 

    आगामी दिनमा पनि यस्तै साथ सहयोग भए बैँक उत्कृष्ट बन्ने उनले विश्वास व्यक्त गरे । कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, नेपाल राष्ट्र बैंक पोखराका प्रमुख दिपकराज लामिछाने, बैंक सञ्चालक समिति सदस्य प्रा.डा. रामप्रसाद ज्ञवाली, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले शुभकामना दिएका थिए ।

    News1.JPGकार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरू पवन रेग्मी, रामकुमार थापा, विभागीय प्रमुख आनन्द सुवेदी, प्रादेशिक प्रबन्धक पुष्पचन्द्र थापा, कम्पनी सचिव प्रमोद अधिकारी, शाखा प्रबन्धकहरू लगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममको पूर्व संध्यामा वित्तीय साक्षरताको लागि प्रभातफेरी कार्यक्रम समेत सञ्चालन गरिएको थियो ।

    हाल ७ वटै प्रदेशका ७७ जिल्लाका सदरमुकाम सहित देशैभर रहेका २९४ शाखा कार्यालय, ३१२ एटिएम, ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा, ७३ वटा एक्स्टेन्सन काउण्टर, क्यूआर कोड सेवा, पिओएस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, डेबिट कार्ड, कनेक्ट आइपिएस, स्मार्ट क्यूआर टेल (बिना चेक रकम झिक्न सकिने), ईन्टरनेट बैंकिङ्ग, परिष्कृत रूपको मोवाइल बैंकिङ्ग (डिजिटल संसार) तथा बिना इन्टरनेट चल्ने युएसएसडि मोवाइल बैंकिङ्गका सेवाहरू समेत सञ्चालनमा रहेका छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार