काठमाडौँ / साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २७ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबा छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ९७० रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले घटेर १ हजार ९५५ रुपैयाँमा कारोवार भैइरहेको छ ।