images
images

आइतबारको राशिफल : कसलाई कुन क्षेत्रमा गरिएको लगानीबाट फाइदा मिल्नेछ आज ? हेर्नुस्

आइतबारको राशिफल : कसलाई कुन क्षेत्रमा गरिएको लगानीबाट फाइदा मिल्नेछ आज ? हेर्नुस्

आइतवार, फागुन ४ २०८१
आइतवार, फागुन ४ २०८१
  • images
    images
    आइतबारको राशिफल : कसलाई कुन क्षेत्रमा गरिएको लगानीबाट फाइदा मिल्नेछ आज ? हेर्नुस्
    images
    images

    आज विक्रिम संवत २०८१ साल फाल्गुन ४ गते, आईतबार । ईश्वी सन् २०२५ फेव्रुवरी १६ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । चतुर्थी तिथि, ४४ घडी ४७ पला, बेलुकी १२ बजेर ३७ मिनेट उप्रान्त पञ्चमी । हस्त नक्षत्र, ५१ घडी २४ पला, रातको ३ बजेर १६ मिनेट उप्रान्त चित्रा । धृती योग, २ घडी ० पला, बिहान ७ बजेर ३१ मिनेट उप्रान्त शूल । बव करण, बिहान ११ बजेर ३७ मिनेट उप्रान्त बालव, रातको १२ बजेर ३७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । तपाईँको दिन कति शुभ कति अशुभ, हेर्नुस् राशिफल 

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    रोकिएको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। मेहनतले प्रतिस्पर्धामा विजयी भइनेछ । भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ।  व्यापार, सेयर बजार र उद्योगमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

    वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
    मेहनतीहरूका लागि आजको दिन उत्साहजनक रहेको छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। सेयर बजार र वित्तीय क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । नयाँ काम प्रारम्भ हुनेछ भने मनग्य आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। 

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
    धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम सजिलै सम्पादन हुनेछ। मेहनत गर्दा सवारी साधनको व्यापार व्यवसायमा सोचेजस्तो आम्दानी गर्न सकिन्छ । यद्यपि, समय चुनौतिपूर्ण छ र बुद्धि लगाउदा लक्ष्य प्राप्त गर्न सकिन्छ । अरुको विश्वास गर्दा धोका मिल्न सक्छ । 

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दिर्घकालिन फाइदा हुने क्षेत्रमा लगानी गर्ने समय छ । व्यापार र सेयर बजारबाट फाइदा मिल्नेछ । आकस्मिक धनलाभका योग छन्। व्यापार व्यवसायमा आफन्तको विश्वास गर्नाले घाटा हुनसक्छ। सानातिना काममा अल्झिदा महत्त्वपूर्ण काम रोकिन सक्छ । अरुको फाइदाको लागि उपयोग भइनेछ । 

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रिएका काम बनाउन सकिनेछ। सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । रोकिएको काम बन्ने र नयाँ काम प्राप्त हुने अवसर छ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले आँटेको काम सहजै सम्पादन हुनेछ । व्यापार, उद्योग तथा सेयर बजारबाट आम्दानी बढ्ने समय छ । 

    कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
    कारोबार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। व्यापार व्यवसायमा अवसरवादीहरूबाट सावधान रहनुहोस्। व्यवसाय फस्टाउने समय छ । नयाँ क्षेत्रमा लगानी गर्ने वातावरण बन्नेछ । आज गरेको कामबाट आम्दानी बृद्धि हुने समय छ । कीर्तिमानी काम गरेर मान सम्मान मिल्नेछ । रचनात्मक कार्य गर्न सकिनेछ । 

    तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
    आर्थिक पक्ष सबल रहेको छ । कार्य क्षेत्रमा जिम्मेवारी पूरा गर्ने समय छ । अरुको विश्वास गर्दा चिताएको काम सम्पन्न गर्न समय लाग्नेछ । आज आफ्नो योजनाहरू पुनर्विचार गर्ने समय छ । आवश्यक धन सरसापट र कर्जामार्फत जुटाउन सकिनेछ । लगानी बढाउनु परे पनि अपेक्षित नतिजा हात पर्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरु लाभ हुनेछ । सरकारी तथा पैत्रिक सम्पत्ति हात पर्ने समय छ । व्यापार, उद्योग तथा सेयर बजारबाट आम्दानी बढाउन सकिनेछ । कार्यक्षेत्रमा लगनशील हुँदा लक्ष्य प्राप्त गर्न सकिन्छ । मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। श्रमको उचित मूल्याङ्कन हुनेछ । आम्दानीसँगै खर्च बढ्ने समयछ । 

    धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
    नयाँ काम प्राप्त हुने अवसर छ । व्यापारमा प्रशस्त आम्दानी हुँदा आर्थिक स्थिति सबल बन्नेछ । कृषि र पशुपालनबाट फाइदा लिन सकिनेछ । सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। बैंक तथा वित्तीय क्षेत्रमा गरेको लगानीबाट फाइदा लिन सकिनेछ । पैतृक तथा सरकारी सम्पत्तिको उपयोगले लाभ उठाउने समय छ । 

    मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
    कार्यक्षेत्रमा जोश जाँगर बढ्नेछ । आत्मविश्वासले चुनौति चिर्न सकिनेछ ।  तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिल्याउन सकिनेछ।  लगानी गरेको क्षेत्रबाट नाफा कमाउन सकिनेछ । नोकरीमा पदोन्नतिको योग छ । 

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
    व्यापार विस्तारको लागि योजना बन्नेछ। शिक्षा क्षेत्रमा गरिएको लगानीबाट फाइदा लिन सकिनेछ । आर्थिक पक्ष कमजोर रहनेछन् भने व्यापार व्यवसायमा सोचेजस्तो आम्दानी नहुँदा दैनिकी प्रभावित हुनेछ । चिताएको काम बिग्रनेछ । फजुल खर्च बढ्नेछ । गोपनीयता बाहिरिनाले समस्यामा परिनेछ। 

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
    व्यापार, उद्योग तथा सेयरबजारबाट नाफा कमाउन सकिनेछ। कार्यक्षेत्रमा नियमित कार्यलाई निरन्तरता दिन सकिनेछ। व्यापार व्यवसायमा चुनौतिपूर्ण काम गर्नुपर्ला । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायको क्षेत्रमा यात्राको योग छ । सौख र विलासी वस्तुको खरिदमा खर्च बढ्नेछ । व्यापार, उद्योग तथा सेयरबजारबाट नाफा कमाउन सकिनेछ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार