images
images

आज कोशी प्रदेशको पहाडी भूभागमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने

आज कोशी प्रदेशको पहाडी भूभागमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने

सोमवार, माघ २८ २०८१
सोमवार, माघ २८ २०८१
  • images
    images
    आज कोशी प्रदेशको पहाडी भूभागमा बर्षाको सम्भावना, उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पर्ने
    images
    images

    काठमाडौँ / हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागेको छ । 

    आज दिउँसो कोशी प्रदेशको पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना र बिहानीपख तराईका भूभागहरुमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ। 

    मङ्गलबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

    कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    बदली, हिमपात तथा हुस्सु-कुहिरोको सम्भावना भएको स्थानमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार