चर्चित समाचार
images
images

सेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा ८ अर्बको कारोबार

सेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा ८ अर्बको कारोबार

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • images
    images
    सेयर बजार : नेप्से परिसूचक दोहोरो अङ्कले घट्दा ८ अर्बको कारोबार
    images
    images

    काठमाडौँ / साताको पहिलो दिन आइतार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक ११.४९ अङ्कले घटेर २६८८.३१ को बिन्दुमा झरेको हो हो ।

    images
    images

    आज ३०५ कम्पनीको १ करोड ५८ लाख ५५ हजार ६१० कित्ता सेयर ८४ हजार २८० पटक खरिदबिक्री हुँदा ८ अर्ब ३९ करोड ८६ लाख ६० हजार ६२८ बराबरको कारोबार भएको छ ।

    आइतबार ७० ओटा कम्पनीको सेयर मूल्य बढेको बजारमा १७६ ओटाको मूल्य घटेको छ । ६ ओटाको मूल्य भने स्थिर छ । 

    आजको कारोबारमा वित्त समूह ०.८०, उत्पादन तथा प्रशोधन ०.१५, लघुवित्त ०.२५ र व्यापार समूह १.३९ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ ।

    सबैभन्दा धेरै विकास बैंक समूह १.३५ र अन्य समूह १.३० प्रतिशतले घटेको छ। 

    बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.५०, लगानी ०.३९, जीवन बिमा ०.७६, म्युचुुअल फन्ड ०.३४ र निर्जीवन बिमा ०.५७ प्रतिशतले घटेको छ ।

    सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

    सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य ६.५२ प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको ३१ करोड १६ लाख ८३ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। 

    कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको ४ लाख ७६ हजार ७७७ कित्ता सेयर किनबेच भएको छ । रासस 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार