images
images

सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बिमा क्षेत्रको पनि– अध्यक्ष मदन दाहाल

सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बिमा क्षेत्रको पनि– अध्यक्ष मदन दाहाल

सोमवार, माघ १४ २०८१
सोमवार, माघ १४ २०८१
  • images
    images
    सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बिमा क्षेत्रको पनि– अध्यक्ष मदन दाहाल
    images
    images

    काठमाडौं/  नेपाल बिमा प्राधिकरणका अध्यक्ष मदन दाहालले एक कार्यक्रमलाई सम्बोधन गर्दै सम्पत्ति शुद्धीकरण निवारण गर्ने राष्ट्रिय दायित्व बिमा क्षेत्रको पनि भएको बताएका छन् । 

    images
    images

     हाम्रै दायित्व भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न बिमा कम्पनीका कार्यान्वयन अधिकारीहरूलाई निर्देशन दिए । 

    नेपाल बिमा प्राधिकरणको आयोजनामा हिजो प्राधिकरणको केन्द्रीय कार्यालयमा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    ‘वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिवद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ को पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गरिएको जनाएको छ । 

     

    बिमा क्षेत्रमा हुनसक्ने सम्पत्ति शुद्धीकरण निवारणका लागि नेपाल बिमा प्राधिकरणमा छुट्टै शाखा स्थापना गरिएको र बिमा कम्पनीहरूलाईसमेत यस सम्बन्धी कार्य गर्ने गरी छुट्टै शाखा स्थापना गर्न निर्देशन दिइएको उनले बताए । 

    अध्यक्ष दहालले बिमा कम्पनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी तालिम लगायत आवश्यक प्राविधिक सहयोग गर्न प्राधिकरण तयार रहेको बताए । 

    कार्यक्रममा डा. हरि कुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी समग्र विषयमा प्रस्तुत गरेका थिए । 

    कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मी तथा उपनिर्देशक पदम प्रसाद सोडारी र जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी तथा पुनर्बीमा कम्पनीका कार्यान्वयन अधिकारीहरूको सहभागिता थियो ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार