काठमाडौँ / बिहीबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको हो । यसअघि प्रतितोला १ लाख ५१ हजार रुपैयाँ रहेको छापावाल सुनको भाउ बढेर आज १ लाख ५१ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यता, चाँदी पनि बढेको छ । यसअघि तोलामा १ हजार ७ सय ६५ रुपैयाँ पर्ने चाँदीलाई आज १ हजार ७ सय ९० रुपैयाँ पर्नेछ ।
