काठमाडौँ / नेपाल आयल निगमले पेट्रोल र हवाई इन्धनको मूल्य बृद्धि गरेको छ । निगमले आज राती १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र हवाई इन्धनको मूल्य बृद्धि गरेको छ ।
इण्डियन आयल कर्पोरेशनबाट शनिबार प्राप्त भएका पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य समायोजन गरी पेट्रोल प्रतिलिटर १ रुपैयाँ, हवाई इन्धन (आन्तरिक) मा २ रुपैयाँ र हवाइ इन्धन (अन्तर्राष्ट्रिय) प्रति किलोलिटर काठमाडौँमा १५, पोखरामा ३४ र भैरहवामा ३३ अमेरिकी डलरले वृद्धि गरेको निगमले जनाएको छ ।
नयाँ मूल्यसूचीअनुसार अब पेट्रोलको मूल्य काठमाडौँ, पोखरा र दिपायलमा १६० रुपैयाँ, सुर्खेत र दाङमा १५९ रुपैयाँ र बाँकी क्षेत्रमा १५७ रुपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १२८ रुपैयाँ पर्नेछ भने अन्तर्राष्ट्रिय हवाई इन्धन (अन्तर्राष्ट्रिय) काठमाडौँमा ९७५, पोखरामा ८१८ र भैरहवामा ८०२ अमेरिकी डलर पर्नेछ ।
हेर्नुस् सूचना