images
images

एनएलजी इन्स्योरेन्सको चौथो त्रैमास : खुद बीमा शुल्क ११.१२ प्रतिशतले बढ्यो, अन्य सूचकमा प्रगति कति ?

एनएलजी इन्स्योरेन्सको चौथो त्रैमास : खुद बीमा शुल्क ११.१२ प्रतिशतले बढ्यो, अन्य सूचकमा प्रगति कति ?

बुधवार, साउन ३० २०८१
बुधवार, साउन ३० २०८१
  • images
    images
    एनएलजी इन्स्योरेन्सको चौथो त्रैमास : खुद बीमा शुल्क ११.१२ प्रतिशतले बढ्यो, अन्य सूचकमा प्रगति कति ?
    images
    images

    काठमाडौँ / आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्ममा एनएलजी इन्स्योरेन्स कम्पनीले २५ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। 

    images
    images

    कम्पनीले सार्वजनिक गरेको आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार एक बर्षको अवधीमा कम्पनीले २५ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । यो नाफा अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा २१.७७ प्रतिशतको बढोत्तरी भएको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले २० करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

    समीक्षा वर्षमा कम्पनीले ७५ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन १.८८ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष कम्पनीले ७३ करोड ८२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

    त्यसैगरी, २०८१ असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ५८ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११.१२ प्रतिशतले बढेको छ। २०८० असार मसान्तसम्ममा कम्पनीले २ अर्ब ३२ करोड ३९ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। 

    यता, शेयर पुँजी १ अर्ब ५३ करोड ९५ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा १ अर्ब ३७ करोड ३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ करोड ७८ लाख रुपैयाँ र महाविपत्ति कोषमा ८ करोड ४५ लाख रुपैयाँ रहेको छ।

    अघिल्लो वर्ष स्पेसल रिजर्भमा १ अर्ब २४ करोड ३६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १० करोड ५ लाख रुपैयाँ र महाविपत्ति कोषमा ७ करोड १८ लाख रुपैयाँ थियो। अन्य इक्विटीमा भने १४ करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष अन्य इक्विटीमा ११ करोड २२ लाख रुपैयाँ थियो।


    कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर १६.४६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष वार्षिक ईपीएस १४.२६ रुपैयाँ थियो। पीई रेसियो ४८.३० गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २१२.३८ रुपैयाँ रहेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार