images
images

अमेरिकाको मेरिल्याण्डमा कार्गो जहाज ठोक्किदा भाँच्चियो पुल : पानीमा डुबेकाको उद्दार जारी

अमेरिकाको मेरिल्याण्डमा कार्गो जहाज ठोक्किदा भाँच्चियो पुल : पानीमा डुबेकाको उद्दार जारी

मंगलवार, चैत १३ २०८०
मंगलवार, चैत १३ २०८०
  • images
    images
    अमेरिकाको मेरिल्याण्डमा  कार्गो जहाज ठोक्किदा भाँच्चियो पुल : पानीमा डुबेकाको उद्दार जारी
    images
    images

    अमेरिकाको मेरिल्याण्डमा एउटा कार्गो जहाज ठोक्किएपछि ‘फ्रान्सिस स्कट की’ पुल भाँच्चिएको छ । न्यूयोर्क टाइम्सका अनुसार घटना अमेरिकी समय अनुसार बिहान १.३० बजे भएको हो। 

    images
    images

    पुलमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । सिंगापुरको झण्डा बोकेको यो जहाज श्रीलंकाको राजधानी कोलम्बो जाँदै गरेको बताइएको छ । जहाज छुटेको केही समयमै पुलमा ठोक्किएको थियो ।

    उक्त जहाज २२ अप्रिलमा श्रीलंका पुग्ने  थियो भने जहाजको नाम डाली रहेको बताइएको छ । समाचारका अनुसार पुल भाँच्चिदा धेरै सवारी साधन र यात्रु पानीमा डुबेका छन् । 

    फायर डिपार्डमेन्टका अनुसार हालसम्म ७ जना बेपत्ता छन् भने २ जनाको उद्धार गरिएको छ । जसमध्ये एकको अवस्था गम्भीर छ । जबकि जहाज चालक दल सकुशल छन्।

    पानीमा डुबेका मानिसको ज्यान बचाउन उद्दार कार्य जारी छ । मेरील्याण्डको ट्रान्सपोर्ट सेक्रेटरीका अनुसार दुर्घटनाको समयमा पुलमा धेरै कर्मचारीहरू पनि उपस्थित थिए र उनीहरूले मर्मत सम्वन्धी काम गरिरहेका थिए ।

    ९४८ फिट लामो डाली जहाज अप्रिल २२ मा श्रीलंका पुग्ने तय भएको थियो । हालसम्म पुलमा कति मानिस थिए र उनीहरु अहिले कस्तो अवस्थामा छन् भन्ने खुल्न सकेको छैन । 

    ब्लूमबर्गको रिपोर्टका अनुसार मेरील्याण्ड यातायात प्राधिकरणले पुलमा दुर्घटना भएपछि सबै लेनहरू बन्द गरी यातायात बन्द गरिएको बताएको छ।

    डालीको जहाज ९४८ फिट लामो थियो। फ्रान्सिस पुल १९७७ मा पेटाप्सको नदी माथि बनाइएको छ । यसको नाम अमेरिकाको राष्ट्रगान लेख्ने फ्रान्सिस स्कट कीको नाममा यसको नाम राखिएको हो।

    दुर्घटनाको कारण 

    डाली जहाजको स्वामित्वमा रहेको कम्पनीले जहाजमा उपस्थित दुई पाइलटसहित सम्पूर्ण चालकदल सकुशल रहेको जनाएको छ । जहाज र पुल ठोक्किनुको कारण भने खुल्न सकेको छैन । जहाजका मालिक र अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेको बताइएको छ । 

    न्यूयोर्क टाइम्सका अनुसार बाल्टिमोर हार्बरमा पानीको तापक्रम ९ डिग्री सेल्सियस छ। 

    अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार जब तापक्रम २१ डिग्री सेल्सियसभन्दा कम हुन्छ, शरीरको तापक्रम पनि तीव्र गतिमा घट्छ। जसका कारण पानीमा डुबेका मानिसको ज्यान जोखिममा पर्न सक्छ ।
    दैनिक भास्करबाट 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार