images
images

मेयर बालेनले किन निलम्बित गरे काठमाडौँ महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई ?

मेयर बालेनले किन निलम्बित गरे काठमाडौँ महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई ?

आइतवार, माघ १४ २०८०
आइतवार, माघ १४ २०८०
  • images
    images
    मेयर बालेनले किन निलम्बित गरे काठमाडौँ महानगरका शिक्षा विभाग प्रमुख कोइरालालाई ?
    images
    images

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले  शिक्षा विभाग प्रमुख सीताराम कोइराला निलम्बित गरेका छन् । 

    images
    images

    मेयरको क्षेत्राधिकार मिचेर काम गरेको भन्दै उनलाई एक हप्ताका लागि निलम्बित गरिएको हो । 

    विभाग प्रमुख कोइरालाले मध्यबानेश्वरस्थित रत्नराज्य माविको कक्षा ११ र १२ मा विज्ञान संकाय अध्यापनको अनुमति दिएका थिए। 

    महानगरको शिक्षा समितिबाट हुनुपर्ने निर्णय कोइराला आफैँले गरेपछि मेयर साहले स्पष्टीकरण सोध्दै एक साताका लागि निलम्बन गरेका महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए।

    शिक्षा समितिको बैठक मेयरको संयोजकत्वमा बस्छ  तर, रत्नराज्य माविको विषय कोइरालाले समितिको बैठकमा नलगी आफैँले निर्णय गरेका बताइएको छ।

    विद्यालयले यस वर्षदेखि कक्षा ११ मा विज्ञान संकायको पढाई सुरु गरिसकेको छ। हाल यस संकायतर्फ कक्षा ११ मा ३० विद्यार्थी भर्ना भएका विद्यालयका प्रधानाध्यापक रामाशिष यादवले बताए।

    उनका अनुसार विज्ञान संकाय पढाउने अनुमतिका लागि यसअघि शिक्षा विभाग प्रमुखमा रामप्रसाद सुवेदी हुँदादेखि नै प्रकृया सुरु गरी गत असारमा अनुमति मिलेको हो।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार