images
images

रियलमीको ‘दशैँ तिहार उमङ्गः उपहारले सबै दङ्ग’, कसरी हुने सहभागी ?

रियलमीको ‘दशैँ तिहार उमङ्गः उपहारले सबै दङ्ग’, कसरी हुने सहभागी ?

सोमवार, असोज २९ २०८०
सोमवार, असोज २९ २०८०
  • images
    images
    रियलमीको ‘दशैँ तिहार उमङ्गः उपहारले सबै दङ्ग’, कसरी हुने सहभागी ?
    images
    images

    काठमाडौँ / सर्वाधिक विश्वसनीय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरूको प्रमुख चाड विजयादशमी, दिपावली तथा छठ पर्वको पावन अवसरमा ‘दशैं तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ योजना ल्याएको छ । यही असोज २८ देखि कार्तिक २९ सम्म लागु हुने यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले वासिङ मेसिन (७ केजी अटो), स्कुटर र रियलमी जीटी२ प्रो जित्ने मौका प्राप्त गर्न सक्नेछन् । 

    रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीले भने, “नेपालीहरूको महान चाड विजयादशमी, शुभ दीपावली तथा छठ पर्वको पावन अवसर पारेर हामीले यो ‘दशैँ तिहार उमङ्ग : उपहारले सबै दङ्ग’ क्याम्पेन ल्याएका छौँ । रियलमी ब्रान्डप्रति नेपाली ग्राहकहरूले देखाएको माया र साथप्रति हामी सदैव आभारी छौँ । र, यहाँहरू सम्पूर्णमा हामी रियलमीको तर्फबाट विजयादशमी, शुभ दिपावली तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामाना व्यक्त गर्न चाहन्छौँ ।” 
     
    यस क्याम्पेन अन्तर्गत ग्राहकहरुले दैनिक  रूपमा २.२ लिटरको कोनका राइस कुकर, सफारी ब्याकप्याक, कोनका इलेक्ट्रिक मिक्सर, र कोनका इन्डक्सन जित्न सक्नेछन भने साप्ताहिक रूपमा नार्जो एन ५३ (६ जिबि +१२८ जिबि) न जित्न सक्नेछन् । त्यस्तै बम्पर उपहारमा कोनका वासिङ मेसिन (७ केजी अटो), कोनका ५५” ४के टिभी, रियलमी जीटी२ प्रो, र टिभिएस एनटर्क स्कुटर जित्न सक्नेछन् । 

    सो क्याम्पेनमा सहभागी हुनको लागि ग्राहकहरूले realmecampaigns.com मा गएर आफुले खरिद गरेको नयाँ स्मार्टफोनको आइएमइआइ नम्बर, फोन नम्बर, स्मार्टफोन मोडल र आफ्नो नाम जस्ता विवरणहरू उपलब्ध गराउनुपर्ने हुन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार