चर्चित समाचार
images
images

नेप्से परिसूचकमा ३३.२० अङ्कको गिरावट, पाँच कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

नेप्से परिसूचकमा ३३.२० अङ्कको गिरावट, पाँच कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट

आइतवार, असोज १४ २०८०
आइतवार, असोज १४ २०८०
  • images
    images
    नेप्से परिसूचकमा ३३.२० अङ्कको गिरावट, पाँच कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट
    images
    images

    काठमाडौँ / नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव २० अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव १० अङ्कमा कायम भएको छ । 

    images
    images

    आज विभिन्न दुई सय ८४ कम्पनीका ६७ लाख २३ हजार चार सय कित्ता शेयर ८२ हजार आठ सय पटक खरिदबिक्री हुँदा रू एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ बराबरको कारोबार भएको छ ।

    आज सबै समूहको उपसूचकमा रातो देखिएको छ । सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव ३२ र वित्त समूह दुई दशमलव १७ प्रतिशतले घटेको छ । आज सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पाँच वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । 

    सनराइज फस्ट म्युचुअल फन्ड, अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेड, एसियन हाइड्रोपावर लिमिटेड, मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको हो ।

    कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रू १४ करोड ७३ लाख ६० हजार सात सय ४३ बराबरको तीन लाख १८ हजार सात सय २४ कित्ता शेयर किनबेच भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार