आज विक्रम संवत २०८१ साल फाल्गुन १३ गते, मंगलबार । ईश्वी सन् २०२५ फेव्रुवरी २५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । शिशिर ऋतु । श्रीशाके १९४६ । फाल्गुन कृष्णपक्ष । द्वादशी तिथि, ९ घडी ५४ पला, बिहान १० बजेर ३२ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र उत्तराषाढा, २५ घडी ४१ पला, बेलुकी ४ बजेर ५१ मिनेट उप्रान्त श्रवण । व्यातिपात योग, ० घडी ५ पला, बिहान ६ बजेर ३६ मिनेट उप्रान्त वरियान । तैतिल करण, बिहान १० बजेर ३२ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर १३ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मकर । राशिअनुसार तपाईँको समय कस्तो चल्दैछ आज ?
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
उद्योग, व्यापार, सेयरबजारबाट मनग्य आम्दानी गर्न सकिन्छ । कामको खोजीमा हुनेहरूले नयाँ काम पाउने तथा गरिरहनेहरू बढुवा हुन सक्ने योग छ । मेहनतले नाम, दाम र इनाम दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। नोकरी तथा व्यापार–व्यवसायमा विशेष फाइदा होला। सोचेको कार्य समयमा सम्पादन हुनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हिम्मतले चुनौतिपूर्ण काम सम्पन्न गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सरकारी क्षेत्रमा तपाईंको उपस्थिति विशेष हुनेछ । आस मारेको कामले उत्साह जगाउनेछ। प्रयत्न गर्दा धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। मेहनत गर्दा केही प्रतिफल पाइनेछ। नोकरीमा सफलता मिल्नेछ। आम्दानी बढाउन अग्रसर भइनेछ। रचनात्मक कार्य सफल हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
समय मध्यम छ । सवारी साधन प्रयोग गर्दा वा भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला। गोपनीयतामा ख्याल गर्नुहोला । अवसर जुटे पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। चिताएको काम बीचैमा रोकिनाले दोहोर्याउनुपर्ने स्थिति आउला। समयमा काम नबन्नाले दुःख पाइनेछ भने आर्थिक संकटको सामना झेल्नु पर्नेछ । वैदेशिक रोजगारको लागि भने आज नयाँ अवसर मिल्नेछ
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यापार तथा सेयरबजारमा लगानी गरी प्रशस्त नाफा कमाउन सकिनेछ । सुन्दर पहिरनले व्यक्तित्व निखार्न सकिनेछ । आज अवसर हात पर्ने दिन हो । मनपर्ने भौतिक साधन जोड्ने समय छ। आयआर्जन हुने काम गर्न सकिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा मनग्य लाभ हुनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शुभचिन्तकहरूको सहयोगले समयमा कार्य सम्पादन हुनेछ। व्यवसाय वा वित्तीय बजारमा लगानी बढाई आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । योजना गोप्य राखेर अघि बढ्नुहोला। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा हात हाल्ने समय छ। रोकिएका काम बन्नेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौतीहरू पन्छाउने समय छ। रोकिएको कार्य सम्पादन हुनेछ। भौतिक सुख सुविधा जुटाउन सकिनेछ। उपहार प्राप्त हुने सम्भावना छ भने भौतिक सम्पत्तिहरू लाभ हुनेछन् । शिक्षा क्षेत्रमा लगानी बढाउदा मनग्गे धन कमाउन सकिनेछ। व्यापार व्यवसाय र सेयर बजारबाट पनि प्रशस्त आम्दानी गर्न सकिनेछ । दैनिक कामहरू सहज रूपमा हुनेछन् । लगनशीलताले उपलब्धि दिलाउनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा सफल रहनेछ। मेहनतले गर्दा गुमाएका अवसर पुनः प्राप्त हुनेछन् । भौतिक सम्पत्ति तथा विलासी वस्तुको व्यापारमा कमी आउनेछ । खोजमूलक क्षेत्रको कामहरू थाती रहनेछन् । कृषि, पशुपालन तथा सवारी साधनको व्यापारबाट लाभ लिन सकिनेछ । आज सोचविचार गरेर मात्रै निर्णय लिनुहोला । अरुको फाइदाको लागि उपयोग भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नोकरी वा पेशामा साहसिक कार्य गर्ने समय रहेको छ। दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । उद्योग वा वित्तीय क्षेत्रमा लगानी बढाएर आम्दानीको स्रोत बढाउन सकिन्छ । उपलब्धिमूलक यात्रा हुने सम्भावना छ । मेहनतले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ हुनेछ। उद्योग, व्यापार र कृषिबाट मनग्य धन आर्जन हुने समय छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायबाट राम्रो उपलब्धि हासिल हुनेछ। कार्य गर्ने अवसर रहेको छ। खाद्यान्न, होटल तथा पर्यटन क्षेत्रको व्यापारबाट लाभ लिन सकिनेछ । मनोरञ्जन क्षेत्रमा समय लगानी गर्नेहरूका लागि आजको दिन फाइदाजनक रहेको छ । आफ्ना योजनाबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। सोखले खर्च बढाउनेछ। आवेशमा गरिएको निर्णयले काम बिग्रन सक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापार तथा वित्तीय क्षेत्रमा लगानी गरि मनग्य लाभ लिन सकिनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मिहिनेत गर्दा रोकिएको काम बन्न सक्छ। मानसम्मानमा वृद्धि हुनेछ। आँटेको कार्य पूरा गर्न सकिएला। भविष्यलाई लिएर निर्णयहरू बन्नेछन्। व्यापार व्यवसायमा लाभ रहनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
व्यापार व्यवसायमा न्युन आम्दानी हुँदा आर्थिक क्षेत्र कमजोर रहनेछ । भौतिक सम्पत्ति तथा द्रव्य हराउनसक्छ, ध्यान दिनुहोला। आयातित सामानको व्यापार फस्टाउने समय छ । लगानी परे पनि त्यति फाइदा उठाउन नसकिएला। प्रयत्न गर्दा सामान्य उपलब्धि प्राप्त हुनेछ।
प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। समयमा होश नपुग्नाले खर्च बढ्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नोकरी वा पेशामा प्रभाव बढ्नेछ। व्यापार, सेयर बजार तथा उद्योगबाट धन आगमनको गतिलो योग छ । बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कारोबार बढ्नेछ । तरल पदार्थ तथा खनिज पदार्थको व्यापार व्यवसाय फस्टाउनेछ । पैत्रिक धन तथा सम्पत्तिको प्रयोगमार्फत मनग्गे आम्दानी हुनेछ । आर्थिक अवस्था राम्रो हुने हुनाले दैनिक फेरिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।