images
images

डिजिटल कारोबार निःशुल्क बनाउन निशा डाँगीको माग, प्रधानमन्त्रीलाई लगाइन् वचन दिएर काम नगरेको आरोप

डिजिटल कारोबार निःशुल्क बनाउन निशा डाँगीको माग, प्रधानमन्त्रीलाई लगाइन् वचन दिएर काम नगरेको आरोप

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    डिजिटल कारोबार निःशुल्क बनाउन निशा डाँगीको माग, प्रधानमन्त्रीलाई लगाइन् वचन दिएर काम नगरेको आरोप
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले डिजिटल कारोबार निःशुल्क बनाउनुपर्ने माग राखेकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले समेत ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको भएपनि हालसम्म कुनै काम अघि नबढाउँदा जनताको विश्वास तोड्ने काम भइरहेको बताएकी हुन् ।

    images
    images

    उनले भनिन् , “केही दिन अगाडि निःशुल्क डिजिटल कारोबार माग राख्दै सदनमा बोलेको  थिएँ । अर्थमन्त्रीज्यूलाई पत्र समेत बुझाएको थिएँ । सम्माननीय प्रधानमन्त्रीज्यूले पनि ६ महिना अगाडि सामाजिक सञ्जालमा डिजिटल कारोबारमा लाग्ने शुल्क हटाउने र यसलाई निःशुल्क बनाउने योजना अघि बढाइएको छ भन्नुभएको थियो । तर हालसम्म कुनै काम अघि बढाइएको छैन । सरकारले यसरी बारम्बार वचन दिने र काम नगर्ने हो भने जनताको विश्वास तोड्ने काम मात्रै गर्छ । त्यसैले म यो  संसद मार्फत सरकारलाई  छिटो  भन्दा छिटो डिजिटल कारोबार  निशुल्क बनाउन आवश्यक कदम चाल्न अनुरोध गर्न चाहन्छु ।”

    साथै उनले छिटो भन्दा छिटो डिजिटल कारोबार निःशुल्क नबनाउन सरकारको  ध्यानाकर्षण गराइन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार