images
images

लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल संग्रह ‘सेन्टो’  सार्वजनिक

लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल संग्रह ‘सेन्टो’  सार्वजनिक

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    लामिनारद्वारा नेपालकै पहिलो फुल–बडी टाइल संग्रह ‘सेन्टो’  सार्वजनिक
    images
    images

    काठमाडौँ / नेपालकै पहिलो र एकमात्र भिट्रिफाइड टाइल ब्राण्ड लामिनार टाइल्सले अर्को नेपालकै पहिलो फुल–बडी टाइल संग्रह ‘सेन्टो’  सार्वजनिक गरेको छ । 

    images
    images

    कम्पनीले कीर्तिमान कायम गरेको दावी गर्दै देशकै पहिलो र एकमात्र फुल–बडी टाइल सेन्टो सार्वजनिक गरेको हो । लामिनारले आफ्नो समग्र प्रिमियम संग्रहलाई विस्तार गर्दै ‘सेन्टो’ नामक अत्यधिक टिकाउ, बलियो र उत्कृष्ट गुणस्तरको फुल-बडी टाइल संग्रहलाई बजारमा ल्याएको छ ।  

    सेन्टो फुल-बडी संग्रहलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपाल बिल्डकन अन्तर्राष्ट्रिय एक्स्पोको उद्घाटन समारोहको अवसरमा औपचारिक रूपमा सार्वजनिक गरे । 

    फुल-बडी टाइलहरूको बनावट प्राकृतिक ढुंगाजस्तै भएकाले सामान्य घर्षण वा चोइटिए पनि टाइलको रंग र बनावटमा कुनै फरक पर्दैन ।

    लामिनार टाइल्स्को उत्पादक, लुम्बिनी सेरामिक्स्का प्रबन्ध निर्देशक आशुतोश खेतानका अनुसार पिइआइ रेटिङ्ग ५ (जसले कुनै पनि टाइल्सको अत्याधिक दिगोपन र मजबुतीलाई जनाउँछ) भएका कारण सेन्टो टाइलहरू उच्च आवात–जावत हुने स्थानहरू- जस्तै विमानस्थल, सपिङ्ग मल, होटल, अस्पताल, पार्किङ्ग, सडकपेटी लगायत अन्य व्यावसायिक र आवास क्षेत्रका लागि उपयुक्त छन् ।

    आइएसओ र भारतीय मापदण्डअनुसार गरिएको आन्तरिक परीक्षणमा १५ मिमी मोटाइ भएका सेन्टो टाइलहरूले समान मोटाइका प्राकृतिक ग्रेनाइटको तुलनामा राम्रो रहेको कम्पनीको दावी छ । 

    कम्पनीका अनुसार रासायनिक प्रतिरोध परीक्षणहरूमा समेत सेन्टोले प्राकृतिक ग्रेनाइटको तुलनामा उत्कृष्ट नतिजा देखाएको छ ।
    उक्त टाइलले दाग प्रतिरोध, घरेलु र स्विमिङ पूलका रसायन प्रतिरोध, तथा उच्च र न्यून सघनता भएका अम्ल र क्षारको प्रतिरोधलगायतका सबै परीक्षणहरू पास गरेको छ ।

    नेपाली उपभोक्ताहरुको लागि अब घर वा कार्यालयका भ¥याङ्गका चिप्लिइने ग्रेनाइट वा मार्बलको विकल्पमा किफायती, कहिल्यै नखुईलिने, अधिक टिकाउ र दिगोका साथै अत्याधिक पकडसहितको सेन्टो उपलब्ध भएको छ ।

    आकर्षक डिजाइन र टिकाउपनाको संयोजनले यो संग्रह आर्किटेक्ट, इन्टेरियर डिजाइनर तथा व्यावसायिक र आवासीय परियोजनाहरूका लागि उत्तम विकल्प बनेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार