images
images

टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस , हेर्नुस् तस्बिरमा

टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस , हेर्नुस् तस्बिरमा

बुधवार, फागुन ७ २०८१
बुधवार, फागुन ७ २०८१
  • images
    images
    टुँडिखेलमा यसरी मनाइयो राष्ट्रिय प्रजातन्त्र दिवस , हेर्नुस् तस्बिरमा
    images
    images

    आज फागुन ७, अर्थात् राष्ट्रिय प्रजातन्त्र दिवस  विभिन्न कार्यक्रम गरी मनाइएको छ । प्रजातन्त्र दिवसका अवसरमा मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतको सहभागिता रहेको थियो । 

    images
    images

    शहीद दशरथ चन्द, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीले हाँसी हाँसी आफ्नो जीवन उत्सर्ग गरेपछि जनक्रान्तिमार्फत निरङ्कुश राणा शासनको अन्त्य भएको दिनको सम्झना गर्दै विविध कार्यक्रमका साथ हरेक बर्ष फागुन ७ गते देशभर प्रजातन्त्र दिवस मनाइँदै आएको छ । 

    prajatantra diwas (12).JPG

    कार्यक्रममा मुलुकमा प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न सङ्घर्षमा जीवन उत्सर्ग गरेका ज्ञातअज्ञात सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । 

    प्रजातन्त्र दिवस समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेका थिए । 

    kp oli.JPG

    नेपालको इतिहासमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको प्रादूर्भाव भएको गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा २००७ फागुन ७ गतेलाई लिने गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार