images
images

फागुन ६ र ७ गते ‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ हुँदै

फागुन ६ र ७ गते ‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ हुँदै

सोमवार, फागुन ५ २०८१
सोमवार, फागुन ५ २०८१
  • images
    images
    फागुन ६ र ७ गते ‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ हुँदै
    images
    images

    नेपाल महिला रग्बी क्लबको आयोजनामा फागुन ६ र ७ गते ‘राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप’ आयोजना हुन गईरहेको छ । 

    भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने कार्यक्रममा ६ प्रदेश र दुई क्लब गरी ८ टिम सहभागी हुनेछन्। 

    सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी बलेप्रतियोगितामा सहभागी हुनेछन्। 

    सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ । 

    समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउनेछन्।

    प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद र उपविजेता टिमलाई ट्रफी,मेडल सहित ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको छ।

    प्रतियोगिताको उत्कृष्ट महिला खेलाडीलाई ट्रफीबाट सम्मानित गरिनेछ भने सहभागी सम्पुर्ण टिमलाई प्रमाणपत्र प्रदान गरिनेछ । 

    आयोजकले सहभागी टिमलाई एकतर्फी यातायात खर्च, खाना, खाजा र बसोबासको व्यवस्था गरेको छ । 

    नेपाल महिला रग्बी क्लबले पहिलो पटक राष्ट्रिय स्तरको महिला कार्यक्रमको आयोजना गरेको जानकारी  गराएको हो । 

    उमेर समूहको खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दशौं राष्ट्रिय खेलकुदको तयारीलाई सघाउ पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना  हुने बताएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार