images
images

स्पीड फेस्ट २०२५ मा बजाज : केटिएम र ट्रायम्फ सहभागी हुँदै, केके छन् कार्यक्रमको आकर्षण ?

स्पीड फेस्ट २०२५ मा बजाज : केटिएम र ट्रायम्फ सहभागी हुँदै, केके छन् कार्यक्रमको आकर्षण ?

बिहिवार, फागुन १ २०८१
बिहिवार, फागुन १ २०८१
  • images
    images
    स्पीड फेस्ट २०२५ मा बजाज : केटिएम र ट्रायम्फ सहभागी हुँदै, केके छन् कार्यक्रमको आकर्षण ?
    images
    images

    काठमाडौँ / स्पीड फेस्ट २०२५ मा ७० भन्दा बढी सुपरबाइकको विशेष प्रदर्शनी हुने भएको छ।  फागुन ३ गते शनिबार एलिस रिसेप्सन, बालुवाटारमा आयोजना हुन लागेको प्रदर्शनीमा बजाज पनि सहभागी हुने भएको छ ।

    साथै यस स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.द्वारा वितरित बजाज, केटिएम र ट्रायम्फ ब्रान्डका मोटरसाइकलहरूको विशेष सहभागिता रहनेछ ।
     
    यी मोटरसाइकलहरू आफ्नो उत्कृष्ट प्रदर्शन, पावर र नयाँ प्रविधिका कारण बाइक प्रेमीहरू माझ लोकप्रिय छन् । यस इभेन्टले मोटरसाइकल उत्साहीहरूका लागि रोमाञ्चक अनुभव प्रदान गर्नेमा आयोजकहरु विश्वस्त रहेका छन् ।

    स्पीड फेस्ट २०२५ नेपालकै सबैभन्दा ठूलो मोटरसाइकल उत्सव हुने आयोजकले बताएका छन् जसमा हजारौँ मोटरसाइकल प्रेमी र उद्योगी व्यवसायीहरुको सहभागिता रहनेछ ।

    कार्यक्रममा सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक ¥याली, नयाँ मोडलको लन्च, टेस्ट राइड सेसन तथा नेपालका चर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्सको प्रत्यक्ष सांगीतिक प्रस्तुति समेत समावेश रहेको छ । 

    स्पीड फेस्ट २०२५ ले नेपालका मोटरसाइकल उत्साहीहरूलाई रोमाञ्चक अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार