images
images

महँगी बढेअनुसार कर्मचारीलाई तलब भत्ता दिन मुख्यमन्त्री सिंहको माग

महँगी बढेअनुसार कर्मचारीलाई तलब भत्ता दिन मुख्यमन्त्री सिंहको माग

मंगलवार, माघ २९ २०८१
मंगलवार, माघ २९ २०८१
  • images
    images
    महँगी बढेअनुसार कर्मचारीलाई तलब भत्ता दिन मुख्यमन्त्री सिंहको माग
    images
    images

    जनकपुर / मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महगी बढे अनुसार सरकारले कर्मचारीहरूको तलब भत्ता बढाउनुपर्ने धारणा राखेका छन् ।

    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिकोत्सवको अवसरमा सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा मुख्यमन्त्री सिंहले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले कर्मचारीको तलब भत्ता बृद्धि गर्नुपर्ने बताएका हुन् । 

    उनले सरकारी कर्मचारीले अहिले पाउने तलबले आफ्नो छोराछोरीको पढाई, घरपरिवारको स्वास्थ्य, खाना, लत्ता कपडा लगायतको खर्च धान्न नसक्ने रहेका कारण भ्रष्टाचार बढ्दै गएको बताए ।

    कर्मचारीलाई खान लाउन र घरपरिवार चलाउन धौधौ हुँदा भ्रष्टाचार गर्ने बाटो अपाउनु परेहको मुख्यमन्त्री सिंहले जनाए ।
    कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुन फितलो भएकाले मुलुकमा भ्रष्टाचार बढेको बताए । 

    उनले परिवारबाद, कृपावाद र चाकरी प्रथाले योग्य कर्मचारीको ठाउँमा भ्रष्ट कर्मचारीहरूले कार्यालय कब्जा गरेको भन्दै सरकारले गम्भीर भएर यस्ता समस्याको समाधान कानुन बनाएर समाधान गर्नुपर्ने धारणा राखे । 

    सभामुख मण्डलले भ्रष्टाचारको जर परिवारमुखी शिक्षा रहेको उल्लेख गरे । उनेल परिवारका अभिभावकको दबाबमा शिक्षा आर्जन गर्नुको साटो राष्ट्रमुखी शिक्षाको धारणा लिएर अघि बढ्न सुझाव दिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार