काठमाडौँ / नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको खुशिवु शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको उक्त शाखा हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण भएको हो।
बैंकले आइतबारदेखि स्थानान्तरण भएको स्थानबाट सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे ।
यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र २६६ वटा एटिएम ररहेका छन् ।