images
images

आइडिया स्टुडियो नेपाल र इशिजाका इंक जापानबिच फोहोर मैला व्यवस्थापनका लागि सहकार्य

आइडिया स्टुडियो नेपाल र इशिजाका इंक जापानबिच फोहोर मैला व्यवस्थापनका लागि सहकार्य

आइतवार, मंसिर १६ २०८१
आइतवार, मंसिर १६ २०८१
  • images
    images
    आइडिया स्टुडियो नेपाल र इशिजाका इंक जापानबिच फोहोर मैला व्यवस्थापनका लागि सहकार्य
    images
    images

    आइडिया स्टुडियो नेपाल र इशिजाका इंक, जापानले नेपालमा जिरो वेस्ट् डिजाइनको सहकार्यका लागि २०२४ को अप्रिलमा सम्झौता–ज्ञापन पत्रमा हस्ताकक्षण गरेको छ । सम्झौता पत्रमा आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संस्थापक डा. छिरिङ लामा र इशिजाका इंकका अध्यक्ष नोरिको इशिजाका हस्ताक्षर गरेका छन् ।

    images
    images

    सो सम्झौता पत्र इशिजाका इंकका कार्यकारी अधिकृत साथै महाप्रबन्धक युमिको इन्डोले नेपाल आउनु भई आइडिया स्टुडियो नेपालका कार्यकारी अध्यक्ष तथा सह–संस्थापक डा. छिरिङ लामा बिच आदानप्रदानर साटासाट भएको छ्र ।


    उक्त सहकार्यले नेपालमा जिरो वेस्ट् डिजाइनमा फोहोर मैला व्यवस्थापनका लागि ज्ञान र सिपको प्रवर्धन गर्नेका साथै इशिजाका इंक, जापानको जस्तै इशिजाका मोडलको मिनि रिसाइक्लिङ् प्लान्टको स्थापना गर्ने योजना छ ।

    यो प्लान्ट जापानभन्दा बाहिर अन्य देशमा इशिजाका इंकको पहिलो बिस्तार तथा साझेदारी रहने जनाएको छ । हाल नेपालमा फोहोर व्यवस्थापन प्रणालीहरू, फोहोर व्यवस्थापन अनुसन्धान साथै जनशक्तिको विकास कसरी भइरहेको छ भन्नेबारे अध्यान र अनुसन्धान भइरहेको छ ।

    यसको साथै फोहोरमैला व्यवस्थापनसँगै जोडिएका विभिन्न व्यपार समभावनाहरुको अध्यानहरू भइरहेको छ । यो जिरो वेस्ट् डिजाइन मोडलले सरकारी निजी तथा विश्वविद्यालयको साझेदारीमा सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडललाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ्र ।

    यस कार्यलाई थप दिगो पन दिनका लागि दुई देशका बिच विशेषज्ञ आदानप्रदान कार्यक्रमबाट सुरु गर्दै, दुवै पक्षले जापान र नेपाल दुवैका समस्याहरू समाधान गर्न एकअर्कासँग सहकार्य गर्नेछन् ।  

    तसर्थ अर्को वर्षको मे महिनामा, त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरूमा मेकानिकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ अध्ययन गरिरहेका ६ जना उच्च दक्ष इन्जिनियरहरू इशिजाका  इंकमा जोडिदै छन् । 

    उक्त ६ जनाले इशिजाका इंक, जापानमा रिसाइक्लिंग प्लान्टमा काम गर्नका साथै ज्ञान र सीपहरु प्राप्त गर्ने छन् र नेपाल फर्के पछि इशिजाका मोडलको मिनि रिसाइक्लिङ्  प्लान्टमा काम गर्ने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार